दैलेखि राजनीतिक क्षेत्रका पुराना नेता हुन मणिराम रेग्मी २०३६ सातादेखि राजनीतिक क्षेत्रमा होमिएका रेग्मी कम्युनिस्ट पृष्ठ भूमिबाट नेपाली काँग्रेसको राजनीतिमा समावेश भएका हुन् । ०३६ सालदेखि बहुदलको पक्ष पोषणमा विद्यार्थी आन्दोलनमा होमिएका उनी २०४२ सालको सत्याग्रहको आन्दोलनमा अग्रणी भूमिकामा रहेका रेग्मीले थुनुवा जीवन बिताएका थिए । जनताको अधिकार र राजनीतिक हकहितका लागि आन्दोलनमा होमिएका उनले पटक–पटक कैदी जीवन बिताएका छन् ।
२०४६ साल ताक शिक्षण पेसामा आबद्ध भएका उनी बहुदलको पक्षमा लाग्दा दुई पटक बढी जेल जीवन बिताए । २०४८ अघिसम्म कम्युनिस्ट विचार धाराको राजनीतिमा रहेका रेग्मी २०५० देखि नेपाली काँग्रेसमा आबद्ध भएर राजनीति गर्दै आएका छन् । काँग्रेस प्रवेश लगतै उक्त पार्टीको जिल्ला सचिव भएका उनले लगातार १२ वर्ष बढी काम गरे । पार्टी जिल्लाको विभिन्न उच्च तहमा काम गर्दै आएका रेग्मी हाल नेपाली काँग्रेस दैलेखको सभापति छन् ।
विभिन्न आन्दोलन हुँदै काँग्रेस दैलेखको नेतृत्वमा रहेका उनी पुराना नेता हुन् । हाल कार्यान्वयनमा रहेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन र जनताका अधिकार प्राप्तिका लागि उनले खेलेको भूमिका महत्वपूर्ण छ । काँग्रेस दैलेखले पार्टीका गतिविधि कसरी अघि बढाएको छ ? दलहरूप्रति जनताको आकर्षण घट्दै गएको हो ? हालको सरकारले अहिलेको व्यवस्थालाई अझ जनमैत्री बनाउन के गर्नुपर्ला ? स्थानीय सरकार जनताका लागि कसरी अघि बढ्नुपर्छ ? लगायतका अन्य विषयमा रहेर नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीसँग धमाका राष्ट्रिय दैनिकका उदयराज अधिकारीले गर्नुभएको कुराकानीः
काँग्रेस दैलेखले पार्टीका गतिविधि कसरी अघि बढाएको छ ?
नेपाली काँग्रेस दैलेखले पार्टी केन्द्र र प्रदेश कार्यसमितिको नीति÷निर्देशन अनुसार जिल्लामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । यहाँका सबै स्थानीय तहमा पार्टीले जागरण अभियान सञ्चालन गरेको छ । पार्टीको विधान अनुसार ११ पालिका कार्यसमिति, ९० वडा, चार वटा क्षेत्रीय कार्यसमिति र जिल्लाले गर्ने नियमित कार्यहरू गर्दै आएका छन् । विधान अनुसार प्रत्येक वर्ष वडा सम्मेलन, पालिका सम्मेलन, क्षेत्रीय सम्मेलन र जिल्ला सम्मेलन हुँदै आएको छ ।
मेरो कार्यकालमा दैलेखमा पार्टीलाई मजबुत बनाउन अन्य धेरै कामहरू भएका छन् । हालसम्म पार्टीका वडा, पालिका, क्षेत्रीय सम्मेलन बर्सेनि तीन पटक भइसकेका छन् । तेस्रो जिल्ला सम्मेलन असोजमा गर्ने तयारी अघि बढाएका छौँ । काँग्रेस दैलेखले हाल सदस्यता नवीकरणको अभियान सञ्चालन गरिरहेको छ । सदस्यता नवीकरण अभियान १५ औँ महाधिवेशनका लागि हो । धेरै पालिकाको सदस्यता नवीकरण विवरण जिल्लामा आइसकेको छ ।
जिल्ला भर काँग्रेसका क्रियाशील सदस्यको संख्या सात हजार बढी पुग्ने अपेक्षा गरेका छौँ । यस अघि दैलेखमा काँग्रेसका क्रियाशील सदस्यको संख्या नौ हजार केही बढी हो । केहीले पार्टी परित्याग, केहीको मृत्यु र केही विदेश गएर नफर्किँदा क्रियाशील सदस्यको संख्या तल झरेको हो । नयाँलाई सदस्यता प्रदान गरेर दैलेख काँग्रेसमा १२ हजार क्रियाशील सदस्य पु¥याउने अभियानमा छौँ । त्यसका लागि वडा, पालिका र क्षेत्रीयसँगै जिल्ला समितिहरू कटिबद्ध भएर काममा लागेका छौँ ।
पार्टी सदस्यता नवीकरण गर्नेको संख्या घट्दो देखिन्छ । दलहरूप्रति जनताको आकर्षण घट्दै गएको हो ?
राजनीतिक दलहरूप्रति जनतामाझ असन्तुष्टि फैलाइएको छ । घटेको होइन । मैले सार्वजनिक कार्यक्रममा समेत भन्ने गरेको छु । अहिलेको व्यवस्थामा केही भएको छैन । केही गरिएको छैन । भन्ने भाष्य प्रयोग गरिएको छ । त्यसमा एक प्रकारको शक्ति नै योजनाबद्ध ढङ्गबाट अघि बढेको पाउँछौँ । त्यस्ता शक्तिले राजनीतिक दलहरूलाई नराम्रो देखाउने भाष्य मात्र हो । हिजोको अवस्थामा संघियता पछि मुलुकमा धेरै कामहरू भएका छन् । शिक्षा, स्वास्थ्य, भौतिक विकासलगायत अन्य कामहरू प्रशस्त देख्न सकिन्छ ।
प्रजातान्त्रिक कालमा दैलेखमा उच्च शिक्षा प्राप्त गर्न बाहिर जानुपर्ने अवस्था थियो । अहिले क्याम्पसहरू निर्माण भएर यहाँका नागरिकले यहीँ उच्च शिक्षा पाउँदै आएका छन् । ग्रामीण ठाउँहरूमा स्वास्थ्यको क्षेत्रमा उल्लेख्य विकास भएको छ । सडक सञ्जालको सहज पहुँच पछि पहिलेका दिन जस्तो हिँडेर नेपालगन्ज जानुपर्ने अवस्था छैन । पुष्पलाल मध्यपहाडी राजमार्गले यहाँको विकासमा शोभा थपेको छ । कर्मागत तरिकाले कामहरू हुँदै गएका छन् ।
जनताको अपेक्षा अनुसार काम भएको छैन होला । तर, सामान्य कमजोरीमा टेक्दै जनता माझ नकारात्मकता फैलाउने प्रयास केही शक्तिले गर्दै आएका छन् । यस्ता कार्यहरूलाई राजनीतिक दलहरूले चिर्दै जनताको हितमा काम गरी अघि बढ्नुपर्ने देखिन्छ । पार्टीका तल्लो तहका कमिटीलाई राम्रा कामहरू जनतामाझ लैजान भन्दै आएका छौँ । जनताले हाल उपभोग गर्दै आएका अधिकार दलहरूले लडेर ल्याएका हुन् ।
नेपालमा अहिले सञ्चालनमा रहेको व्यवस्था संसारको उत्कृष्ट व्यवस्था हो । यसलाई अझै जनमैत्री बनाउँदै लैजानुपर्छ । हामीले पनि महसुस गर्ने गरेका छौँ जनतालाई दिनुपर्ने हो त्यो पुगेका छैन । त्यसले गर्दा दलहरूप्रति नकारात्मक भाष्य सिर्जना गर्दै आइएको देखिन्छ । राजनीतिक दलमा आबद्ध भएकाहरू जनताप्रति उत्तरदायी भएर अनुशासित तवरले काम गर्नुपर्छ । समय अनुसार सुधार गर्दै लैजानुपर्ने पक्ष पनि छन् ।
हालको सरकारले अहिलेको व्यवस्थालाई अझ जनमैत्री बनाउन के गर्नुपर्ला ?
अहिले संविधान संशोधन लगायतका अन्य कुराहरूको सुधारका लागि नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) जस्ता मुलुकका ठुला राजनीतिक दलहरू मिलेर संघ र प्रदेशमा सरकार निर्माण गरेका छौँ । ठुला दल मिलेर अहिलेको निर्वाचन प्राणीलाई परिमार्जन गर्न आवश्यक देखिन्छ । त्यसमा समानुपातिक सहभागिता आवश्यक कुरा हो । तर, अहिलेको निर्वाचन प्रणालीले कुनै दलको बहुमत आउँदैन ।
बहुमत आएको दलले पाँच वर्ष सरकार चलाउन पाउने गरी निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यक हो । मुलुकको स्थायित्वका लागि एक दलको बहुमत आवश्यक छ । सरकारको नेतृत्व गर्ने दलले पाँच वर्षमा गरेका राम्रा नराम्रा कामको जस लिन सकियोस् । स्थानीय तहलाई थप अधिकार प्रदान मुख्य विषय हो । स्थानीय सरकारले पर्याप्त अधिकार पाएको खण्डमा जनताले ती अधिकारको सहज उपभोग गर्न पाउँछन् ।
ठुला दलहरू मिलेर सरकार बनेको छ । जनतामा देखिएका निराशा चिर्न सकेको देखिँदैन ?
दलहरू स्पष्ट भएर जनताका सामु भएका गतिविधिहरू प्रचार गर्न जरुरी छ । नागरिकमा पछिल्ला वर्षमा देखिएका निराशा चिर्न कृषि उत्पादनमा तीन तहका सरकारले लगानी बढाउनुपर्ने आवश्यक छ । स्थानीय स्तरमा उद्योग सञ्चालन गरी बिदेसिने युवा शक्तिलाई यहीँ रोजगारी प्रदान गरेको खण्डमा सरकारप्रति नागरिकको दायित्व बढ्छ । तल्लो तहका जनताका आवश्यकता के हुन भन्ने कुराको मुख्य जिम्मेवार स्थानीय सरकार हुन् ।
अहिलेको शिक्षा प्रणालीलाई पनि रोजगार मूलक बनाउन आवश्यक ठानिन्छ । हामीले व्यवस्था बदल्न ठुलो संर्घस ग¥यौँ । तर, नागरिकको अवस्था बदल्नु प्रमुख रहेछ । व्यवस्था फे¥याँै,अवस्था बदल्न लाग्छौँ । हामीले अहिले देखिएका समस्यालाई निरूपण गर्दै अघि बढ्नुपर्ने आवश्यक छ । राजनीतिक दलका नेताहरूमा आपसी कुरा हुँदा हामीले अब जनताको अवस्था बदल्न लाग्नुपर्छ भन्ने गरेका छौँ । सरकार सञ्चालनमा पुगेकाहरूले राजनीतिक दलहरूको योजना अनुसार काम गर्नुपर्छ ।
अहिले जनताको जीवन स्तर उठाउनु मुख्य कुरा हो । जनताको अवस्था परिवर्तन गरी जीवन स्तर उठाउनका लागि सबै दलहरू लाग्नुपर्ने आवश्यक छ । हिजोको तुलनामा जनताको अवस्थामा परिवर्तन आएको छ । पहिलेका दिनमा जुत्ता नलगाएर हिँड्नुपर्ने अवस्था थियो । अहिले त्यस्तो छैन । तर, जनताले चाहना गरे अनुसारका कामहरू भने भएका छैनन् । पहिलेको तुलनामा वाल मृत्युदर, सुत्केरी मृत्युदर शून्य जस्तै छ भने नेपालीको औषध आयो ६२ वर्ष पुगेको छ । तीन तहका सरकारले जनताको अवस्था बदल्ने कार्यक्रमहरू मजबुत तरिकाले लागु गर्दै लैजानुपर्छ ।
स्थानीय सरकार जनताका लागि कसरी अघि बढ्नुपर्छ ?
स्थानीय सरकार जनताका घर नजिकका सरकार हुन् । उनीहरूले ग्रामीण वस्तिका समस्या के हुन । देखिएका समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा गम्भीर हुनुपर्छ । स्थानीय सरकारमा सुशासन कायम पहिलो विषय हो । दलबाट सरकारमा पुगेका जनप्रतिनिधिले पार्टीको नीति अनुसार काम गर्नुपर्छ । हाम्रो पार्टीबाट सरकार सञ्चालनमा पुगेका जनप्रतिनिधिलाई पार्टीले बारम्बार जनताको हितमा काम गर्न आग्रह÷निर्देशन दिँदै आएको छ ।
स्थानीय सरकारमा पुगेका जनप्रतिनिधि पारदर्शी र स्पष्ट भएको खण्डमा उनीहरूप्रति जनताको विश्वास बढ्दै जान्छ भने दलहरूप्रति गलत भाष्य निर्माण गर्ने तत्व परास्त हुँदै जान्छन् । जनप्रतिनिधि पारदर्शी ढङ्गले अघि बढे त्यसले व्यवस्थालाई सँगै सम्बन्धित दललाई समेत फाइदा पुग्छ । जनतामा देखिएको निराशा समेत हट्दै जान्छ । काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले ऐन, नियमको पालना गर्दै अनुशासित तरीकाले काम गर्दै स्थानीय तहको गति अघि बढ्नुपर्छ ।
जनप्रतिनिधिले पार्टीको नीति÷निर्देशन अनुसार काम गरेका छन् ?
सबै तहका जनप्रतिनिधिलाई पार्टीको घोषणा पत्र, नीति र निर्देशन अनुसार काम गर्न भन्दै÷निर्देशन दिँदै आएका छौँ । पार्टी केन्द्र र जिल्लाले दिएको सुझाव अनुसार जनप्रतिनिधिले काम गरेको खण्डमा पार्टी लगायत उहाँहरूलाई समेत राम्रो हुन्छ । जनताका लागि गाउँका सरकारले काम गरुन् भन्ने उद्देश्यले काँग्रेसले स्थानीय सरकार सञ्चालनका लागि संयन्त्र बनाएको छ ।
पार्टीले अघि सारेका कार्य योजनालाई सम्बन्धित कार्यान्वयन गर्ने पात्रले मानेको खण्डमा सहज हुन्छ । स्थानीय सरकारका जनप्रतिनिधिले म जनताको सेवक हुँ । फेरी पनि म जनताका माझ जानुपर्छ भन्ने भावना राखेर काम गरे स्वयम व्यक्ति सहित सिङ्गो पार्टीलाई पनि फाइदा हुन्छ । तर, सबैले पार्टीको नीति, निर्देशन र सुझाव पालना गर्दैनन् । उनीहरूले नियमलाई पालना गरे जनता निराश हुनु पर्ने थिएन र पार्टीमा आलोचना पनि आउँदैन थियो । अहिलेको व्यवस्थालाई जनमैत्री बनाउन जनप्रतिनिधिको भूमिका अहम् रहन्छ ।
पार्टीभित्र बढ्दै गएको अन्तर विरोधलाई कसरी समाधान गर्न सकिन्छ ?
नेपालका राजनीतिक दलमा अन्तर विरोध बढ्दै गएको पाइन्छ । देखिएका समस्याले निर्वाचनको परिणाममा बाधा पैदा गरेको पाउँछौँ । पार्टीमा लोकतन्त्रको बढी प्रयोग भयो की भन्ने हो । यसलाई रोक्नतर्फ लाग्नुपर्ने आवश्यक छ । यस्ता कार्यलाई रोक्न निर्वाचनका माध्यमबाट टिकट वितरणदेखि अन्य कुरामा ख्याल गरिनु आवश्यक छ । वडामा टिकट दिँदा पक्षवादी भयो भन्दै जिल्लालाई आरोप लाग्छ ।
देखिएका समस्यालाई समाधान गर्न महामन्त्री गगन थापाले त्यहीका क्रियाशील सदस्यहरूले मतदान गरी टिकट पाउने व्यक्तिलाई छनोट गर्ने कुरा अघि सार्नु भएको छ । हालको टिकट वितरण गर्ने प्रणाली परिवर्तन गरेको खण्डमा पार्टी भित्रको अन्तर विरोध र अन्तर्घात समाधान भई पहुँचमा रहेकाले आफन्तलाई टिकेट दिए भन्ने आरोपको पनि अन्त्य हुन्छ ।
टिकट प्रणालीमा सुधार ल्याई मुल्यांक प्रणालीलाई मजबुत ढङ्गले अङ्गालेको खण्डमा पार्टीमा देखिएको अन्तर विरोध र निर्वाचनमा हुने अन्तर्घात केही हदसम्म साम्य हुने देखिन्छ ।
पछिल्ला वर्षहरूमा बढी लोकतान्त्रिक पद्धति पार्टी भित्रको रोगका रूपमा देखा परेको छ । जुनसुकै पार्टीमा आबद्ध भएका नेता कार्यकर्ताले सोही पार्टीको विचार, नीति र कार्यक्रमलाई आत्मसात् गर्दै मुलुकको हितमा टेवा पु¥याउनुपर्ने देखिन्छ ।





