सुर्खेत र दैलेखमा शान्तिपूर्ण आन्दोलन

सुर्खेत : सुर्खेत र दैलेखमा पनि जेनजी पुस्ताका युवाहरूले सरकारविरुद्ध आन्दोलन गरेका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरको मंगलगढी चोकदेखि उनीहरुले बजारभर परिक्रमा गर्दै भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध प्रदर्शन गरेका हुन् । मंगलगढी चोकदेखि शान्तिपूर्ण तरिकाले आन्दोलन सुरु गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको थियो ।

राजधानी काठमाडौँमा आन्दोलन हिंसामा परिणत भए पनि कर्णालीका सुर्खेत, दैलेख, कालीकोट लगायतका जिल्लामा भने शान्तिपूर्ण तरिकाले समापन भएको छ । दैलेखका युवाहरुले सदरमुकाम दैलेख बजारमा शान्तिपूर्ण प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार