काठमाडौं : काठमाडौंको जोरपाटीमा युवाहरूले प्रदर्शन गरेका छन् । सोमबार जेन-जीको आन्दोलनमा प्रहरीले दमन गरेको विरोधमा जोरपाटीका युवाले मंगलबार बिहान स्वतस्स्फूर्तरुपमा प्रदर्शन गरेका हुन् ।
‘सरकारले जेन-जीमाथी बर्बर दमन गर्यो । त्यसको विरुद्ध टायर बालेर प्रर्दशन गरेका हौ’, स्थानीय युवा पुरुषोत्तम पोखरेलले भने । सोमबार जेनजीको आन्दोलनमा देशभरमा १९ जनाको मृत्यु भएको थियो । ४०० बढी घाइते भएका छन् ।









