बोली बाराबारको अवस्था नआओस्

नेपालमा चिसो बढ्दै गएका बेलामा एकाएक राजनीति सरगर्मी तातिएको छ । जनेजी आन्दोलनपछि कता कता अन्यौलतामै जाने हो कि भनेर विश्लेषणहरू नभएका पनि होइनन्, धमाधम पार्टी खुल्नेक्रमले नयाँ सोच र नयाँ योजना बनाएका र केही नयाँ हुन्छ कि भनेर आशा पलाएको अवस्था धमाधम पार्टी खुल्ने क्रम बढेपछि सबैलाई पार्टी र सत्ता नै चाहिएको रहेछ भन्ने अर्को थरी विश्लेषण पनि नेपाली राजनीतिमा चलिनै रहेको छ ।

जेनजी आन्दोलनकै क्रममा तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीले राजनीतिमा दिए लगत्तै डिस्कर्टमा भएका प्रधानमन्त्रीका नाममध्येका केही व्यक्तिहरू धमाधम पार्टी खोल्दै हिँडेपछि नयाँ परिवर्तनको एजेन्डा कसरी अगाडी बढ्छ भन्ने कुनै निष्कर्ष निस्किएको अवस्था थिएन । सहिद परिवार र घाइतेहरूको चाहना पुरा हुँदैन कि भन्ने चिन्ता पनि जेनजी घाइतेहरूले गरिरहेको अवस्था थियो ।

पछिल्ला केही दिनयताको राजनीति सरगर्मीले भने पुनः केही लय समात्ने हो कि भन्ने आशा जेनजी युवाहरूमा देखिएको छ । हुन त नेपाली राजनीति भित्रका निकै ठुला र पुराना अनि शक्तिशाली हौ भन्ने दलहरूलाई महानगरपालिकाको मेयर पद भएका व्यक्तिले किन आच्छु आच्छु पारे भन्ने विषय पनि विश्लेषणभित्रका धेरै विषयभित्रको एउटा विषय हो । आङ्कलन ज जसले जसरी गरे पनि विगत तीन चार दिन देखि बालेन शाहसँग धमाधम भेटमा हिँडेका नयाँ र केही पुराना राजनीतिक दलका प्रमुखहरूको लर्को हेर्दा नेपाली राजनीति केन्द्र भागमा बालेन शाह रहेको विषय कहीँ कतै लुकेर लुक्ने वाला छैन ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन साहबिच एकता हुँदा एक थरीमा निकै खुसीयाली छाएको अवस्था छ भने अर्कोतर्फ केही केहीले भोलीमा दिनमा बोली बाराबारको अवस्था नआओस् भनेर सुझाव पनि दिएका छन् । नेपाली राजनीतिमा मिलन हुँदा सर्वेसर्वा राम्रो मानिने र केही विषयहरूले बिछोड हुँदा सत्तोसराप गाली गर्ने पुराना दलहरुझै अहिलेका नयाँ दलहरूको पनि यस्तै अवस्था आयो भने हिजो र आजमा कुनै फेरबदल वा परिवर्तन भएको मानिनेछैन ।

त्यस्तो अवस्था नआओस् कामना गरौँ र पुराना दलहरूले पनि यस्ता विषयहरूमा न्यूनतम साझा धारणा निर्माण गरेर सत्ताबाट बाहिरिने बित्तिकै एकले अर्कोलाई आधारहिन आलोचना गर्ने गरेका कारण आम जनतामा कस्तो असर हिजोका दिनमा पर्र्यो अँझै पनि पर्छ भन्ने कुरा बुझ्नुपर्दछ । केही पुराना दलहरूले यो अवस्था अहिले पनि भोगिरहेका छन् । नेपाली जनताको सार्वभौमसत्ता, अखण्डता, रोजगारी, ठुला विकास, सुशासन र पारदर्शितामा न्यूनतम साझा धारणा बनाएर सबै दलहरू अगाडी बढ्दा सबैको हित हुने अवस्था देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार