राजनीतिक ध्रुवीकरण र काँग्रेस

विश्व शक्ति राष्ट्रहरूले अल्पविकसित मुलुकहरूमा कतिसम्मको चलखेल र अपमान गर्ने गर्दछन् भन्ने विषय पछिल्लो राजनीतिक घटनाक्रमले पनि देखाएको छ । अमेरिकाले भेनेजुएलामा गरेको हवाई आक्रमण सँगै त्यहाँका सरकार प्रमुखलाई आफ्नो नियन्त्रणमा लिएको विषयले अहिले नेपाली राजनीतिमा पनि नयाँ तरङ्ग उत्पन्न गरेको छ । भेनेजुएला जस्तै नेपाल पनि अथाह प्राकृतिक स्रोत साधनले भरिपूर्ण अल्पविकसित मुलुक हो । यहाँको जल, जमिन, जङ्गल र खनिज पदार्थ विश्वका शक्ति राष्ट्रहरूका लागि अति आवश्यक विषय बनेको छ जसका कारण अल्पविकसित मुलुकहरूमा विकासले सम्पन्न मुलुकहरूले धेरै दबाबहरू दिने गर्दछन्, अराजकता होस र त्यसको फाइदा शक्ति राष्ट्रहरूले सजिलै उठाउन सकुन् यस्ता धेरै विषयहरूले अल्पविकसित मुलुकहरू सँधैजसो चपेटामा पर्ने गरेका छन् । त्यसकै एउटा उदाहरणको रूपमा नेपाल पनि अहिले मात्र हैन बिगतदेखिनै विश्व शक्ति राष्ट्रहरूको छत्र छायामा पर्दै आएको छ ।

यसै पनि नेपाल हिजो देखिनै नै दुई वटा शक्ति राष्ट्रहरूको बिचमा रहेको दुई ढुङ्गाको तरुल नै हो त्यसमा पनि पछिल्ला दिनहरूमा उदाउँदै गरेका अन्य शक्ति राष्ट्रहरू र महाशक्ति राष्ट्रको पहिचान बनाएको अमेरिका र रुस लगायतका राष्ट्रहरूको नजरमा परेको छ । किनकि नेपालमा अथाह पानी छ, अथाह जङ्गल छ, अथाह मिथेन ग्याँस छ, अथाह युरेनियम छ । विश्व शक्ति राष्ट्रलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण बस्तुहरू यिनै हुन त्यसैले नेपाल यो वा त्यो बहानामा हिजोदेखि आजसम्म स्थिर र बलियो सरकार बनाउन सक्ने ल्याकत राख्दैन किनकि कोही न कोही व्यक्तिहरू कुनै न कुनै हिसाबले महाशक्ति होस वा शक्ति राष्ट्रको प्रभावमा परेका नेताहरूको इशारामा चलिरहेको छ अझै पनि धेरै वर्ष यसरी नै चल्ने खतरा छ ।

महाशक्ति राष्ट्र अमेरिकाले जसरी विश्वमा आफ्नो राज भएको भन्दै राम्रा वा नराम्रा कामहरू सुरु गरिरहेको छ त्यसैगरि नेपालमा प्रत्यक्ष प्रभाव पार्न सक्ने अवस्था भने छैन तर नेपालको राजनीति क्षेत्र सम्हालेका केही गैर जिम्मेवार नेतृत्वका कारण नेपाल अझै केही वर्ष पछाडी धकेलिएको छ । विश्व शक्ति राष्ट्रका रूपमा छिमेकी मुलुक चिन पनि सोही अनुसार आफ्नो प्रभाव जमाउँदै गएका कारण नेपालमा भनेजस्तो प्रभाव अन्य शक्ति राष्ट्रहरूले जमाउन सकेका छैनन् । यस्तो अवस्थामा राजनीतिक दलहरूबिच बेमेल पैदा गर्ने आ आफ्ना रणनीति अनुसार पहिलो प्रहार नेकपा एमालेमाथि पर्र्यो त्यो सफल हुन सकेको छैन अहिले नेपाली काँग्रेसमाथि पनि केही षडयन्त्रहरू सुरु भएका छन् । नेपाली काँग्रेसमा पनि विचलनका केही स्वरहरू देखिएका छन् कतिसम्म यसको प्रभाव पर्ने हो त्यो भने हेर्न बाँकी नै छ । समग्रमा नेपालको स्थायित्वका लागि, दिगो विकासका लागि र समग्र नेपालको विकासका लागि नेपालका राजनीतिक दलहरूले राष्ट्र, राष्ट्रियता र अखण्डताका विषयमा साझा धारणा निर्माण नगरेसम्म नेपाल अझै धेरै वर्ष बाह्य शक्ति केन्द्रको भुमरीमा परिरहने छ ।€

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार