भू राजनीति बुझौँ र एकेबद्धता कायम गरौँ

नेपालको आजको अवस्था र हिजोको अवस्थामा निकै धेरै भिन्नताहरू छन् । हिजो पिता पुर्खाहरूले २१ दिनसम्म लगाएर हाट जाने दिनदेखि आजसम्मको परिवर्तनका दिनहरूको मात्र विश्लेषण गर्ने हो भने नेपालमा निकै धेरै विकास भएको भनेर भन्न सक्ने आधारहरू छन् तर यतीले मात्र सबै थोक भयो भनेर भन्न सक्ने अवस्था पनि छैन । जसरी नेपालको विकास द्रुत गतिमा हुनुपर्ने थियो सोही अनुसार किन नभएको होला भनेर विगत र बर्तमानको समीक्षा सँगै नेपालको भू राजनीतिको विषय अहिलेका जेनजी पुस्ताहरूले किन थाहा पाउन सकेनन् होला त यो देशको नीति निर्माताको तहमा बारम्बार पुगेका नेपालका पुराना दलहरू र पुराना दलका शीर्ष नेताहरूले नबुझेकै हुन कि बुझेर पनि आफ्नो सत्ता स्वार्थका लागि बुझ पचाएका हुन यो विषय निकै गहन र अध्ययन गर्न लायक विषय हो ।

कतिपय अध्यताहरुले यस्ता विषयहरूको सार्वजनिक गरिरहेका छन् अहिले पनि यस्ता विषयहरू सार्वजनिक भएका छन् । फरक यती मात्र हो कि नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डताको विषयमा जसले अलि बढी काम गर्न खोज्यो त्यस्ता सरकारहरू र शासकहरू ढलेका छन् चाहे त्यो राजाको सत्ता किन नहोस् चाहे लोकतन्त्र प्राप्ति पछिका सत्तामा बसेकाहरू किन नहुन । कुनै न कुनै बहानामा नेपालको भू राजनीति भित्र बाह्य हस्तक्षेप हिजो पनि थियो आज पनि छ र भोलीका दिनमा पनि यो हस्तक्षेप कायम हुनेछ । तर सुखद कुरा के हो भने नेपालका छिमेकी राष्ट्रहरू चीन र भारत विश्व शक्ति राष्ट्रका रूपमा उदाउँदै गरेका कारण अन्य बाह्य महाशक्ति भनिने देशहरूले चाहेर पनि केही गर्न नसक्ने अवस्था अहिले विद्यमान छ । त्यसैका कारण नेपाल अहिलेसम्म सुरक्षित मुलुकको रूपमा रहेको छ ।

पछिल्ला दिनहरूमा देखिएको राजनीतिक सङ्क्रमण र त्यही सङ्क्रमण भित्र खेल्न खोज्ने बाह्य शक्तिहरूको हस्तक्षेपकारी भूमिकाले नेपाल अहिले पनि सुरक्षित हुन नसकेको तत्थ्य बाहिर आएको छ । यस्तो अवस्थामा को नेपालको लागि खाँटी राष्ट्रवादी हो वा को बाह्य शक्ति केन्द्रबाट परिचालित हो भन्ने कुराको पुष्टि हुँदै गएको अवस्था छ भने अझैँ केही दिनपछि वार पारको लडाइँको अवस्था नेपालमा पनि आउन सक्ने सङ्केतहरू देखिएका छन् किनकि नेपालमा युरेनियम देखि, ग्याँस भण्डार र लाखौँ मेगावाट बत्ती निस्कन सक्ने खोलानालाहरू छन् अझैँ नेपालको गर्भभित्र अदृश्य खनिजहरू धेरै छन् यसका लागि विश्व शक्ति राष्ट्रहरूको कुदृष्टि नेपालका लागि र नेपालको भू राजनीतिका लागि पनि हानिकारक बन्न सक्ने अवस्था छ तर यसको सही विश्लेषण गरेर नेपालका सबै राजनीतिक दलहरूले साँचो अर्थमा नेपालको विकासका लागि लागेका हुन भने सबैले साझा सहमति गरेर पहिला देश, देशको राष्ट्रियता, अखण्डता कुनै हालतमा बिग्रन नदिने साझा सहमति गरेको खण्डमा नेपाललाई कसैले पनि हल्लाउन सक्ने अवस्था देखिँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार