देश बनाउने दैलेख कहिले बन्छ ?

हरेक देशको आफ्नो बलियो अर्थनीति जरुरी हुन्छ । अर्थनीति सँगै देश जोगाउने विषय र आफ्नो देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता त्यो देशको सबैभन्दा पहिलो विषय हो भनेर सबैले शिरोपर गरिरहेका हुन्छन् । विशेष गरेर यस्ता नीतिहरूमा आर्थिक रूपमा भर्खरै विकास गर्न थालेका देशहरूमा भने यो वा त्यो बहानामा विभिन्न खाले षडयन्त्रहरू हुँदै आएका छन् । शक्ति राष्ट्रहरूले अल्पविकसित देशलाई कसरी आफ्नो प्रभावमा पार्न सकिन्छ भनेर हुने विभिन्न कदमहरूलाई त्यस देशमा सत्तामा रहेकाहरूले बेलैमा मनन गर्न सकेनन् भने देश समस्यामा पर्न सक्छ । नेपाल लगायतका धेरै अल्पविकसित मुलुकहरूमा साना ठुला समस्याहरू आइरहेको अवस्था पनि विद्यमान छ ।

कतिपय परिस्थितीहरुलाई मूल्याङ्कन गर्ने विषयहरूमा ढिलाइ भएका कारण देश र जनताले समस्या भोग्नुपरेको हुन्छ भने कतिपय नीतिमा देखिएका समस्याका कारण जनताले समस्या भोग्नुपरेको अवस्था छ । देशभित्रका आफ्ना समस्याहरू त हुन्छन् नै ती समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने विषयमा भने निकै चलाखीपूर्ण काम गर्नुपर्ने हुन्छ । त्यसका लागि बाह्य सम्बन्धको विषय होस वा कूटनीतिक मर्यादा कायम गरेर देशको अर्थतन्त्र विकास गर्ने विषय किन नहोस् । सबै विषयहरूमा जुन शासन र प्रशासकहरूले चलाखीपूर्ण काम गरेर उनीहरूकै कारण देशहरू सम्पन्न हुने हुन ।

हरेक देशहरू निर्माणका लागि कुनै न कुनै शासकहरू मूर्ख हुनुपर्दछ र देशप्रेमि हुनुपर्दछ उनी त्यस्ता शासकहरूले लिएको लक्ष्य पुरा गर्ने आँटिलो राष्ट्रसेवक कर्मचारी पनि हुनुपर्दछ । सबैले आफ्नो स्वार्थभन्दा देशको स्वार्थलाई केन्द्र भागमा राखेर काम गर्न सकेको खण्डमा मात्रै नेपाल जस्ता मुलुकहरू बिकसित हुन सक्ने अवस्था देखिन्छ । नेपालको पछिल्लो विकासका मोडलहरूका बारेमा छलफल र बहस गर्ने हो भने नेपाली अव छोटो समयमा विकसित मुलुकको रूपमा उक्लन सक्ने आधारहरू तयार गरेको अवस्था छ । कतिपय जलविद्युतका विषयहरू अहिले पनि यो वा त्यो बहानामा ओझेलमा परेका छन् । देश बनाउने विभिन्न खाले उधारस्तम्भहरु निर्माण हुँदै गर्दा दैलेखको जलजलेमा भेटिएको मिथेन ग्याँस पनि अर्को महत्त्वपूर्ण आधार स्तम्भ हो ।

केन्द्र सरकारले हरेक प्रदेशहरूलाई हेर्ने दृष्टिकोणहरू विभिन्न हुँदै गर्दा अहिले कर्णाली प्रदेशको दैलेखले देशको आर्थिक समृद्धि बनाउन सक्ने आधार तयार गरेको छ तर केन्द्र र प्रदेश सरकारले दैलेखको ठोस विकासका लागि के काम गरेछन् त भनेर खोज्ने हो भने अहिले पनि बजेटमा अन्याय गरिएको अवस्था छ । कर्णाली प्रदेशका अथाह सम्भावनाहरू अहिले पनि खोजी हुन नसकेको अवस्था छ भने कतिपय खोजी भएका विषयहरू अहिलेसम्म अन्यौलताभित्रै रुमलिएका छन् । करिब १९ वर्ष अघिदेखि जलविद्युत आयोजनाहरू बन्न नसकेका हुन कि बन्न नदिएका हुन ।

सत्य कुरा बोल्न डराउने नेताहरूले पनि देशको समृद्धिमा कहीँ न कहीँ चुकेको अवस्था छ । अहिले भेटिएको मिथेन ग्याँस पत्ता लगाउन निर्माण गरिएका संरचनाहरू पुनः खिया लाग्ने अवस्थामा पुग्न दिने कि यस्ता विषयहरूमा केन्द्र सरकारलाई सबै नागरिक समाजका व्यक्तिहरूले बारम्बार खबरदारी गर्ने राम्रो कामको लागि ज जसले प्रभावकारी भूमिका निर्वाह गरेका छन् उनीहरूलाई धन्यवाद दिँदै ज जसले बहाना बनाएर देश बनाउने दैलेख बनाउन लागेका छैनन् त्यस्ता व्यक्तिहरूको पनि स्पष्ट पहिचान गरेर खबरदारी गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार