प्रचण्डको आगमन र तनाव

सर्वहारा पार्टीको नेतृत्व गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतीवेला चुनावी सभाका लागि देशका विभिन्न स्थानहरुमा देश दौडाहामा लागेका छन् ।
देशका विभिन्न ठाउँमा चुनावी सभा गर्दै हिडेका प्रचण्डले दैलेखको सभालाई पनि सम्बोधन गरेर गएका छन् । जनताहरु दिनभर दुःख गरेर पसिना काडेर प्रचण्डलाई हेर्न आए प्रचण्ड भने सर्वहारा वर्गको उत्थानका लागि हेलिकप्टर चढेर देशको अगुवा नेता मै हो भन्दै हिडीरहेका छन् ।
एमाओवादी कार्यकर्ता र जिल्लावासिहरुलाई फकाँदै दैलेखमा गरेको उनको भाषणले पुनः तनाव सृजना गरेको छ । एकातिर उनले आफ्ना निकटका कार्यकर्ताहरुलाई फकाएका छन् अर्कोतर्फ चुनावी सभा आयोजनाका लागि तीनदिनसम्म गरिएको तयारी र त्यसको खर्चको व्यवस्थापन गर्न अहिले जिल्लाका एमाओवादी नेताहरुलाई हम्मे हम्मे परेको छ । एउटै होटलमा ७५ हजार सम्मको विल उठेपछि कसले तीर्ने भन्नेमा पार्टीभित्र अर्को तनाव उत्पन्न भएको छ ।
दैलेखका पत्रकारहरुले विगतदेखी उठाएको मुद्धा अहिलेसम्म सम्बोधन गर्न नसकेको माओवादी र स्वयं प्रचण्डले दैलेखी जनताहरुलाई गुण्डा भनेर लगाएको आरोप समेत अहिलेसम्म चिर्न सकेको छैन् माओवादी नेतृत्वले ।
दैलेखका जुझारु पत्रकारहरु विसुद्ध न्यायको लागि लडाँई लड्दा माओवादीले देखाएको ताण्डव नृत्य अहिलेपनि जिल्लावासिहरुले विर्सन सकेका छैनन् । जनतालाई लोकतन्त्रमा समेत वसिखान नदिने नीति लिएको सर्वहारा वर्गको लिडर अनि त्यसमै करोडौं खर्च गरेर चढ्ने हेलिकप्टर अनि त्यही हुन्छ असली गणतन्त्र जनताहरुले मसिनो गरि बुझ्नुपर्ने      देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार