दैलेखको विकासका लागि भनेर विगत दश बर्षदेखी यही रहेर करोडौंको बजेट फच्र्योट गरेका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरुले गरेको कामले जिल्लाको मुहार परिवर्तनमा निकै ठूलो भूमिका खेल्नुपर्ने हो । त्यो कहिले देखिने हो ठूलो परिवर्तन देखिन अँझै आठ दश बर्ष धेरै डलर खर्च गर्नुपर्ने देखिएको छ ।
यो त राज्य भन्दा फरक तरिकाले आउने बजेट भयो यसमा केवल कति आयो र कति खर्च भयो भन्ने मात्रै विवरण सरकारलाई पुग्छ कहाँ परिवर्तन भयो भनेर दुईचार स्थानमा भएका परिवर्तनहरु पनि सँगसँगै गएका हुन्छन् । त्यो पनि जिल्ला वासिहरुका लागि गौरवको कुरा हो तर विगत सयौं बर्षदेखी सरकारको प्रत्यक्ष संलग्नतामा गरिएका विकास निर्माणका कुराहरुमा पनि उहि ताल देखिएको छ ।
जिल्लामा आउने अधिकाँस विकासमध्ये अहिले विभिन्न क्षेत्र र वर्गका नाममा रकमहरु छुट्टाईएका छन् । त्यसले केही मात्रामा टाँठावाँठाहरु सम्म रकम पुग्न र खर्च देखाउन सहज भएको छ । तर जो बास्तविक पीडितहरु छन् तीनिहरु समक्ष बजेट पुग्न सकेको छैन् अर्कोतर्फ अधिकाँस सरकारी कार्यालयहरुमा सुचना लुकाउने प्रर्वीती पनि निकै धेरै रहेको छ जसको कारणले पहिला खर्च गर्नुपर्ने बजेट पनि असार अन्तिममा देखाएर केवल विल मिलानमा मात्र सक्ने प्रचलन कार्यलयका कर्मचारीहरुवाटै हुने गर्दछ यस्ता कुराहरुलाई बजेट विनियोजन गरिएको पहिलो चौमासिकबाटै सहजता लिनतर्फ नलागेसम्म दैलेखको विकासमा सँधै समस्या वाहेक अरु केही देखिनेवाला छैन् ।
जिल्ला विकास समिति दैलेखले पहिलो चौमासिक बजेट विनियोजन र त्यसको खर्च वारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
पहिलो चौमासिक अन्तरगत विभिन्न लक्षीत कार्यक्रमअनुसार बजेट विनियोजन गरिएको र बजेट अनुसार कार्यक्रमहरुलाई निरन्तरता दिईएको जिल्ला विकास समितिले जानकारी दिएको भएपनि यसको प्रभावकारी कार्यान्वयनमा पनि आजैदेखी लाग्नुपर्ने देखिएको छ ।
किनकी स्थानीय निकायहरुवाट खर्च गरिएका भौतिक विकासका कामहरुमा दिगो पनाको समस्या देखिएको छ त्यो किनकी असारको अन्तिममा बजेट सक्नैपर्ने भन्दै गरिने विकासले यस्तो समस्या देखिएको हो । आशा गरौं यो बर्षदेखी यस्ता समस्याहरु समाधान भएर जानेछन् ।





