आफ्नो कुरा बिर्षदै ठुला नेताहरु

संविधान सभाको चुनावको मिति नजिकिदै गएको छ । दैलेखलाई यतीवेला एमाओवादी लगायतका नेताहरुले आफुहरु जित्ने आधार तयार गर्दै विभिन्न सभा समाहरोहमा चुनावी माहोल तताउन थालेका छन् ।
तत्कालिन शाही साशनका वेला गृहमन्त्री वनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा सम्मले यतीवेला दैलेखको चुनावी सभालाई सम्बोधन गरेर गईसकेका छन् । चुनावकै मुखमा आएर नानाथरी भजन गाउन पछि नपरेका नोपालका ठूला नेता र नेतृत्वहरुले एकले अर्कोलाई गालि गर्ने र अर्काको मात्रै दोष लगाउने काम भएको देखिएको छ ।
एमाओवादीका नेताहरुले काँग्रेस एमाले र               राजावादीहरुलाई निकै गालि गरे । उनीहरुले हिजो आफुहरुले गरेका गल्तिहरुका बारेमा मुखै खोलेनन् त्यस्तै भयो राप्रपा नेपालका अध्यक्ष कमल थापा दैलेख आउँदा पनि उनले पनि अन्य ठूला दलहरुलाई गालि गरे उनीहरुकै कारण संविधान वनेन भने तर आफ्नो पालामा पनि भएका कमि कमजोरीहरुलाई थापाले भन्न चाहेनन् ।
नेपाल र नेपालीहरुलाई सँधै दास बनाउँदै सत्ताको रस चुसेका नेपालका ठूला नेताहरुले यतीवेला जनताहरुलाई आफुहरुले गरेका गल्तिहरुको बारेमा कुरा गर्दै माफी माग्नु पर्दछ ।
तत्कालिन समयमा एमाओवादीले दैलेखमा भएको आन्दोलनका बेला दैलेखका आम जनसमुदायलाई गुण्डाको उपमा दिए अहिले आएर उनीहरु यिनै जनताहरुबाट भोट मागि रहेका छन् । तत्कालिन शाही कालका बेला सोझा जनताहरुलाई माओवादीको विल्ला लगायर दैलेखका पत्रकारहरुलाई समेत बुट समेत हान्न पछि नपर्ने शासन सत्ता चलाएका कमल थापाले पनि आफुले मात्रै राम्रो गरेको र आफ्नो पार्टी ठिक भनेर गए आँखिर यो मुलुकमा जसले जे गरेपनि जताहरुले माफी मात्रै दिन हुन् या अरु केही जनताहरुले विचार गर्नुपर्ने वेला आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार