संबिधान सभाको निर्बाचन हुन ७ दिन मात्र बाँकी रहँदा जिल्लामा रहेका राजनैतिक दलहरुले चुनाबी प्रचार लाई तिब्र गतिमा लगेका छन् । अब कसले जित्ने र कासरी जित्ने भन्ने होडबाजी सुरु भएको छ । चुनावी प्रचारमा सवारी साधनहरुको समेत अत्याधिक रुपमा प्रयोग र्भएको छ । कतिपय मतदाताहरुको कुरा नै नबुझ्ने सम्मको भैसकेको छ । विगतका दिनहरुमा राँगा, कुखुरा, बोका, खसी र दारु समेतको निर्वाचनमा भोेट माग्दा प्रयोग भयो र यसपालि पनि प्रयोग हुँदैन भन्नेमा कुनै आशंका देखिदैन् ।
निर्बाचन मिति नजिकीन थालेपछि जिल्लामा चुनाबी महोल उत्र्कषमा पुगेको छ । यो स्वभावीक पनि हो किनकी अव गणना र गन्ति सुरु गर्न थालिएको कसको मत कती र कसको मत कती ?
काँग्रेस दैलेखमा देखिएको भद्रगोल यसपाला बाहिर आएको छ । नेकपा एमालेका नेता माओवादीमा पसेका छन् । एमाले संगठनका हिसावले यसअघिका चुनावमा पनि वलियो देखिन्थ्यो तर अन्त्य अन्त्यमा आएका वरिष्ट नेताहरु नै रकममा चिप्लेटी खेलेर चुपचाप बसिदिने विगतको प्रचलन अहिले पनि दोहोरियो भने बाजी कसले मार्ने हो भन्ने छुट्टै विश्लेषण समेत गरिएको छ ।
अर्कोतर्फ आफुहरुको विजय सुनिश्चित भनेर केही समय अघि ढोल पिटेका माओवादी भित्र पनि गम्भिर समस्या उत्पन्न भएको छ । समानुपातिकमा भनेका मानिसहरुलाई पाखा लगाएपछि त्यहाँ देखिएको समस्याले पनि कता हो कता जित हारको मुख्य टुँगो देखिदैन् । खैर दैलेखका दुवै क्षेत्रमा एमाओवादी, काँग्रेस र एमालेको प्रतिश्पर्धा देखिएको छ । धरातल राम्रो बनाएको पार्टी को भनेर विश्लेषण गर्दा एमाले देखिने गर्दछ तर चुनाव अर्कैले जित्ने विगतको परम्परा एमाले निकटका कार्यकर्ताहरुले तोड्न सकेभने एउटा बलियो जित्ने आधार देखिन्छ । अर्कोतर्फ काँग्रेसको बागि उम्मेदवार र अन्य नेताहरुले समेत पार्टी परित्याग गर्नुले उसको धरातल विग्रेको देखिन्छ यसलाई सुर्धान सके विगत झै अहिलेपनि चुनावमा वाजी मार्न सक्छ । अर्कोतर्फ एमाओवादीले पनि आफ्ना आन्तरिक कुराहरुलाई मिलाउन सक्यो भने उसले पनि बाजि मार्ने संभावना देखिन्छ । तर को कति सच्चा हुने हुन् चुनावमा त्यो भने मंसिर ६ गते मात्र थाहा हुनेछ ।





