नेपालमा फेरी एउटा नयाँ युग आरम्भ हुने समय नजिकीदै आएको छ । यस्तो महान कार्यका लागि यतीवेला पहाडी जिल्ला दैलेख लगायतका अन्य जिल्लाहरुमा पनि उत्साह र उमंगा छाएको छ ।
किनकी आफुहरुले लडेर, मरेर ल्याएको गणतन्त्र संस्थागत गरि कानुनी बाटो तय गर्ने अभियानको रुपमा लिईएको यो संविधान सभाको चुनाव सफल पार्नु सवैको उत्तिकै दायित्व हुन आउँछ ।
जिल्लामा भएको गरिवी लगायतका अन्य कारणहरुले पनि कतिपयलाई यो चुनाव संसदीय जस्तो लागेको छ ।
राम्रो कानुन निर्माण गर्ने र स्वच्छ छवी भएको नेताहलाई भोट दिएर अधिकार रक्षा गर्ने कुरा वनाउन जाने हरुवाट कतिपयले संसदिय जस्तो गरी आवश्वासन र रकम समेत अपचलन गरेको भन्ने जस्ता कुराहरुले जनताहरुले अँझै पनि स्वतन्त्र र भएरहित वातावरणमा मतदान गर्न नपाउने हुन की भन्ने प्रतिप्रश्न उब्जिएको छ ।
जिल्लावासिहरुले कसैको डर, धम्कि, त्रास र आवश्वासनमा नपरी आफ्नो ईच्छाले मतदान गर्न सक्ने वातावरण पनि यतिवले सरकारले तयर गरेको देखिएको छ ।
जिल्ला प्रशासन कार्यलय दैलेख लगायत दैलेखको सुरक्षा निकायले समेत यस्ता कुराहरु गर्ने मानिसहरुको वारेमा तत्काल जानकारी दिन आग्रह समेत गरेको छ ।
हरेक नेपालीहरु र सिगोे नेपालको भाग्य र भविष्य सँग जोडिएको कुरा भएकोले पनि यसपालिको चुनावमा सवैले स्वतन्त्र रुपमा मतदान गर्नुपर्ने देखिएको छ । यसका लागि सवै जनताहरु गाउँ गाउँवाट उठिसकेका छन् । बस्ति बस्तिबाट उठिसकेका छन् यो जनताहरुका चुनावी लहरलाई कसैले रोक्ने सक्ने अवस्था छैन् ।





