संविधान बनाउने जवाफ पहिलो हुनपर्छ

देशमा पुनः संविधान सभाको चुनाव सम्पन्न भएको छ एमाओवादीले सोचेजस्तो परिणाम नआएपछि रातारात अत्तालिएको एमाओवादीले मत गणनाहुँदै गर्दा बहिष्कारको घोषणा गरेको छ ।
विशेषत नेपालमा दिगो र स्थायी शान्तिको लागि विगतका दिनहरुमा गरिएको १२ बुदे समझदारी देखीका विभिन्न प्रयासहरुमा अग्रसर हुँदै आएको एमाले र काँग्रेसले अहिले बिजय हाँसिल गरेपछि एमाओवादी अत्तालिएको छ । खैर यो कुरा राष्ट्रिय राजनीतिको हो तर जबसम्म राष्ट्रिय राजनीतिले मुर्त रुप लिन सक्दैन मुलकका कुनै पनि स्थानमा स्थायी शान्तिको कल्पना समेत गर्न सकिदैन् ।
यसका लागि विगतझै काँग्रेस र एमालेले पनि अब गहन भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ ।       राष्ट्रपति हुने सपना बोकेर लडाँईमा होमिएका प्रचण्डलाई अहिले कार्यकर्ता भन्दा पनि आफ्नै चिन्ताले सताएको छ । किनकी यसअघिको २०६४ चुनावमा अपेक्षा नगरेको परिणाम आएपछि काँग्रेस र एमालेका नेताहरुले पार्टीको जिम्मेवारी बाट    राजीनामा दिएका थिए । अव प्रचण्डमाथी यतिवेला नैतिक संकट पनि थपिएको छ  ।
अहिले बहिष्कारको कुरा अगाडी बढाएर आफ्नो पार्टी अध्यक्ष पद जोगाउन प्रचण्ड लागेको एकथरिको विश्लेषण समेत भएको छ  । उनले आफ्नो नैतिकतालाई जहाँ राखेपनि र सरकार निर्माणको मुद्धा जता राखेपनि जनताले चाहेको संविधानका कुरालाई पहिलो मुद्धा बनाउनुपर्ने अवस्था आएको छ काँग्रेस र एमालेले यदी यसपालि पनि जनताको चाहना विपरित काम गर्न थाल्ने र अन्यत्रै कुरामा समय बर्बाद गर्न खोजेभने जनताले भोलि काँग्रेस र एमालेलाई पनि पाखा लगाउने समय धेरै टाढा छैन् ।
समयमै सोच विचार गरेर जनताले दिएको पहिलो र दोस्रो पार्टीको अधिकार पुरा गरेर नयाँ संविधान लेखनका लागि पहिलो प्राथमिकता दुवै पार्टीले दिनुपर्ने बेला आएको छ । यो अवसर चुक्यो भने पुनः अर्को अवसर नआउन पनि सक्छ  ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार