यतीवेला मुलुक भरका मतदाताहरुले मतपेटीमा खसालेको मत र त्यसबाट आएको परिणामले कोही कसैलाई कहिँ कतै बोल्ने ठाउँ छैन् । अरुलाई राम्रो बाटोमा ल्याउने प्रयत्नमा लागेका काँग्रेस एमाले झण्डै आफ्नै अस्तित्व सकिएको पत्तो पाएका थिएनन् । यसपालि आएको मतको परिणामलाई एकपटक २०६४ र त्यसपछिका दिनहरुमा ठूला पार्टीहरुले गरेका हरकतहरु तर्फ जोडेर दोस्रो र तेस्रो हुँदाका पीडाका दिनहरु पुनः एकपटक सम्झनुपर्ने देखिन्छ ।
मुलुकमा स्थायी शान्तिका लागि काँग्रेसले नयाँ एजेण्डा किन समाउनु पर्र्यो र किन काँग्रेस दोस्रो र एमाले तेस्रो दल भयो । ६ बर्षपछि गुमाएको आफ्नो अस्तित्व बल्ल बल्ल कायम गर्न सफल भएको काँग्रेस एमालेलाई दुईतिहाई पुर्याउँदै संविधान घोषणा गर्नै चुनौती छ । त्यसको जिम्मेवारी नैतिक रुपमा अव काँग्रेसले लिनुपर्दछ । तर पुनः यसअघिका खेलहरुमा रुमलिदै पुनः जनताको अधिकार स्थापित गर्न नसक्ने अवस्था आयो भने यसपछि कुन दल ठूलो हुन्छ भन्ने कुरा अहिलेका तीनवटै दलहरुले बुझ्न जरुरी देखिन्छ ।
यसपछिको आएको अर्को हुरीले काँग्रेस, एमाले र एमाओवादी सवैलाई बडारेर लैजाने छ अनि काग हेर्नै की कान समात्ने त्यो कुरा अहिलेका तीनवटा दलहरुले बेलैमा सोच्नुपर्ने बेला आएको छ । अर्कोतर्फ नैतिकताका आधारमा राजिनामा दिनुपर्ने मुद्धालाई ओझेलमा पार्दै एमाओवादीका अध्यक्ष प्रचण्डले चालेको नयाँ चालमा कतै एमाले र काँग्रेसहरु पर्ने त होईनन् अहिले विश्लेषकहरुले समेत यही विश्लेषण गरिरहेका छन् । फेरि पनि सत्ताकै लागि लड्ने अवस्था आउने हो भने जनताहरुले तीनवटै दलहरु प्रति अविश्वास सुरु गरेभने त्यसको परिणाम के होला काँग्रेस र एमालेले ख्याल गरेनन् भने ?





