संबिधन सभाको दोस्रो निर्बाचन पछि दलहरुको आकार फेरिएसंगै अहिलेकै राष्ट्रपतिलाई नै कायम राख्ने वा नयाँ राष्ट्रपति चुन्ने भन्ने बिषयमा बहस सुरु भएको छ । विशेष गरि सवैभन्दा ठुलो दल बनेको काङग्रेस र दोस्रो दल एमालेवीच यसबारेमा बहस र छलफल सुरु भएको हो । यद्यपी दुवैदलले सहमतिय आधारमा निर्णय लिनुपर्नेमा जोड दिएका छन् । नेपाली काग्रेसले अहिलेकै राष्ट्रिपति लाई निरन्तरता दिनु पर्ने बताएको छ भने एमाललेले जनादेश बाट चुनीएर आएकाले यसलाई यहि रोकेर नयाँ राष्ट्रिपति चयन गनेर्् मोडमा होमिएको छ । नेपालको अन्तरिम संबिधानमा नयाँ संबिधान जारी नगरे सम्म नयाँ राष्ट्रिपति चुन्ने बिषयमा कुनै धारा प्रबाहा नभएपछि दलहरुले अहिले यसलाई बिबादति बनाएर राखेका छन ।
देशलाई संक्रमणकालीन अबस्था बाट जोगाउन दलहरुले सानो र ठुलो दल नभनी सरकारमा गई नेपाली जनतालाई नयाँ संबिधान दिनु पर्ने देखिन्छ ।
देशलाई निकास दिनका लागी काग्रेस एमाले र मिल्नको बिकल्प देखिदैन । यदि दलहरुले यस्तै सुरु देखीनै झगडा गर्न थाले भने आगामी दिनहरुमा काग्रेस र एमालेले लाई पुरानै स्थिती नफर्केला भन्न सकिदैन । त्यससैले नयाँ जनादेश पछि बनेका ठुला राजनैतिक पार्टीहरुले देशलाई अनिणयको बन्दि नबनाएर देशलाई निकास दिन सकेनन भने पुन जनताले पाठ सिकाउनु बाहेक अरु बिकल्प देखिदैन ।
देशलाई निकास दिनका लागी काग्रेस पहिलो पार्टी भएकाले एमाले लगायतका अन्य दलहरुलाई समेत समेटेर लैजानु पर्दछ । संबिधान सभाको निर्बाचनमा खुम्चिएको मओबादीलाई पनि उचित स्थान दिएर सरकारमा सामील गराउनु पर्दछ । देशलाई निकास दिन हो भने दलहरु मिल्नुको बिकल्प छैन ।





