जिल्लाको भ्रष्टाचार थेगि नसक्नु

पछिल्ला बर्षहरुमा अनियमितता र भ्रष्टाचारका विभिन्न समाचारहरु प्रकाशसन र प्रसारण मात्र भएका छैनन् कतिपयले गोप्य त कतिपयको खामवन्दिमा पठाएका उजुरीहरुको छानवीन गर्न यतीवेला अख्तियार दुरुपयोग अनुसंन्धान आयोगलाई भ्याई नभ्याई भएको छ  ।     भ्रष्टाचार भनेर पुष्ठि गर्नका लागि कानुनत विभिन्न आधारहरुको आवश्यकता पर्ने गर्दछन् त्यो जरुरी पनि हो । कसैलाई व्यक्तिगत पुर्वाग्राहि भएकै भरमा भ्रष्टाचारी भनेर आरोप लगाईने नेपाली पत्रकारिताको बानीले पनि मानिसको व्यक्तिगत स्वतन्त्रतामा खलल पु¥याएको पनि पाईएको छ  ।
हरेक बर्ष यसवारे अध्ययन गरिरहेको       ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको यसबर्षको प्रतिवेदनले नेपालमा भ्रष्टाचार गएको वर्षभन्दा केही कम भएको देखिएको छ । विश्वका १ सय ७७ देशको एकै पटक सार्वजनिक गरिएको प्रतिवेदनमा ३१ अङ्क पाउँदै नेपाल १ सय १७ औं स्थानमा परेको छ । यो नेपालको लागि दुःख लाग्दो कुरा पनि हो । अर्कोतर्फ लामो समयसम्म द्धन्द्धमा परेको मुलुक र जनतामा विकासको धेरै चाहना भएकै कारण पनि छिटो छिटो विकास गर्ने नाउँमा कतिपय ठाउँहरुमा अनियमितता भएको स्पष्ट देखिएको छ  । त्यस्तै जिल्लाको अवस्थामा पनि विगतका बर्षहरुलाई हेर्नै हो भने निकै कहालिलाग्दो  देखिन आएको छ  ।
जिल्लामा हुने संस्थागत भ्रष्टाचारले निकै धेरै जडो गाडेको छ । पछिल्ला दिनहरुमा दैलेखमा खुलेआम दशप्रतिशत माग्ने जस्ता कार्यहरुले थेगि नसक्नु भ्रष्टाचार हुँदै गएको स्पष्ट देखिएको छ । हरेक बर्ष गरिव, असाहाय, निमुखा, अपाँग लगायतका विभिन्न शिर्षकहरुमा विनियोजन हुने बजेटहरु र अन्य विभिन्न भौतिक पुर्वाधारहरुमा खर्च गरिएको बजेटमा निकै धेरै अर्थात थेगिनसक्नु भ्रष्टाचार भएको देखिएको छ । यसको निराकरण कसले र कहिले गर्ने हो त्यो भने हेर्न बाँकी नै छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार