छिमेकी जिल्ला सुर्खेतले सुर्खेतको पहिचानका लागि हरेक बर्ष विभिन्न प्रकृतिका महोत्सवहरु संचालन गर्दै आएको छ ।
कहिले कला महोत्सव, कहिले सँस्कृतिक महोत्सव, कहिले कवी महोत्सव यस्ता विभिन्न महोत्सव गर्दै सुर्खेतले पहिचान बनाईरहेका बेला दैलेखमा भने माल पाएर पनि चाल नपाएको झै गरि अर्केको मुख ताकेर बस्ने बोहक अरु केही नयाँ गर्न सक्ने अवस्था देखिएको छैन् ।
सुर्खेतमा हुन लागेको मध्यपश्चिमाञ्चल स्तरीय पर्यटन व्यापार मेलाका लागि दैलेखमा आएको एक टोलिले दैलेखका हरेक बिषयका बारेमा आफुहरु सँधै तत्पर रहिरहने बताएका बेला दैलेखका पर्यटन प्रर्वद्धनका लागि हामीले यो गर्दैछौं त्यसका लागि सुर्खेतले दैलेखलाई यस्तो कुरामा सहयोग गर्नुपर्छ भन्ने कुरा दैलेखका कसैसँग पनि उत्तर दिन सक्ने आधारहरु छैनन् । ‘समग्र विकासमा नयाँ कल्पना, समृद्ध मध्यपश्चिम हाम्रो चाहाना’ भन्ने मूल नारा बाकेर सुर्खेतले राष्ट्रिय स्तरको अभियान संचालन गर्न लागिरहेका बेला पक्कै पनि दैलेख सम्मको पर्यटन गन्तब्यका लागि पनि यसले पक्कै केही सोच बनाएको हुन सक्छ किनकी सुर्खेत आएका हरके पर्यटकहरुलाई मात्र दैलेख भित्राउन सकेमा दैलेखको पर्यटनमा अरु धेरै केही गर्नुपर्ने देखिदैन् । बिडम्बना हाम्रो दैलेखको पर्यटनका कुराहरुलाई सुर्खेतमा लगेर प्रचार प्रसार गर्नको लागि पनि जिल्ला विकास समिति र नगरपालिकाले रकम छुट्टाउनुपर्छ अनि त्यो कुरा लगेर जाने मान्छेलाई करिव दुईतीन दिनको १० हजार भन्दा बढी छुट्टै कमिशन दिनुपर्ने हुन्छ । यदी हिसाव कितामा जोडेर आफुलाई कमिशन बच्ने अवस्था नआए कसैले पनि जिल्ला परिचित गराउने अवसर हो भनेर सोच्नै सक्दैनन् ।
यस्तो दरिद्र मानसिकताले कहिले दैलेखको पर्यटन अगाडी बढ्ला त्यसैले अव स्पष्ट रुपमा दैलेखका एजेण्डाहरु लिएर सुर्खेत महोत्सवमा पेश गर्नुपर्ने देखिएको छ ।





