महिला हिंसा बढाउने मुख्य जिम्मेवार को ?

महिला हिंसा अन्त्यका लागि अहिले मुलुकभर पुनः १६ दिने महिला हिंसा विरुद्धको अभियान संचालन भैरहेको छ ।
विभिन्न क्षेत्र , तह तप्का लगायतका व्यक्तिहरुले १६ दिने अभियानलाई औपचारिक वा अनौपचारिक रुपमा स्वीकार गरिरहेका छन् । कसैले चाहेर सहयोग गरेका छन् त कसैले नचाहेर पनि सहयोग गरेका छन् । महिला हिंसा अन्त्य अभियानका निम्ति दैलेखमा विभिन्न  किसीमका क्रियाकलापहरु यसपालि पनि संचालन भैरहेका छन् ।
हिंसा अन्त्यका लागि नागरिक समाज लगायत अन्य विभिन्न निकायहरुले पनि    यसवारे वकालत र पैरवी सुरु गरेका छन् ।
विगतको महिला हिंसा वा अन्य महिला, बालवालिका र अन्य निकायहरुका वारेमा भएका घरेलु हिंसा लगायतका हिंसाहरु न्यूनिकरणका लागि जिल्लामा क कसले कस्तो योगदान दिएका छन् । त्यसको पनि एकपटा ब्याख्या र विश्लेषण गर्नुपर्ने वेला देखिएको छ ।
जिल्लामा पहिलेका भन्दा पछिल्ला दिनहरुमा महिला हिंसाका घटनाहरु बृद्र्धी भएको देखिएको छ । किनकी यी घटनाहरु बढ्नुको पछाडी गाउँस्तरमा हिंसावारे जनचेतना बढेको देखिएको छ अर्को तर्फ हिंसा पीडितहरुका लागि पनि जनचेतना बढेका कारण जिल्ला प्रहरी कार्यालय सम्म आउन सफल भएका छन् ।
यहाँ सवैभन्दा बढी ख्याल गर्नुपर्ने कुरा अव वकालतकर्मीहरुको देखिएको छ  ।
किनकी वकालतगर्नेहरुले जिल्ला प्रहरी कार्यालय सम्म पीडितहरुलाई ल्याउने गरेका छन् तर कानुनी उपचारका लागि वकालत कर्मीहरु समेत पछि हट्ने गरेका छन् । पछि हट्नुमा पनि सामाजिक क्रियाकलाप नै मुख्य दोषी छ किनकी जो महिला उजुरीको तयारीमा पुग्छिन् उनको त्यसपछिको संरक्षक अरु कोही पनि हुँदैन् त्यसैले हामीले गरेको वकालत केवल वकालत मात्र हैन उल्टै हामीले हिंसा बढाउने काम गरेका छौं की एकपट सोच्ने हो की ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार