नगरपालिका स्थापना भएपश्चात विभिन्न समस्या सँग ठोकीदै आएको दैलेखको नारायण नगरपालिकाले नगरका वासिन्दाहरुको सेवा सुविधाका लागि बेला बेलामा राम्रो कामको सुरुवात गरेको देखिन्छ ।
कतिपय कामहरु गर्दा हुने साना तीना कमि कमजोरीहरुलाई राजनीतिक मुद्धा बनाएर आग्रही र पुर्वाग्राही वन्ने नगरका बासिन्दाहरुको विभिन्न धम्कि र खेप्कि समेत सहँदै आएको नारायण नगरपालिकामा काम गर्ने कर्मचारिहरुको व्यक्तिगत कमजोरीलाई राजनीतिक बिषय बनाएर लगाईएको आरोपले समेत अहिले नगरपालिका समस्यामा परेको छ ।
हरेक विकासे कार्यालयमा खोजी गर्ने हो भने एक दुई लाख मात्र हैन् दशौं लाखसम्म घोटाला भएको भेटीन्छ । यसरी बदमासी गर्नेहरु सवैलाई कार्वाही गरिनुपर्दछ । न की राजनीतिक रुपमा पुर्वाग्राही भएर गरिएका केही कामले पछिका दिनहरुमा पनि जिल्लाको समग्र प्रतिष्ठालाई समेत खतरा उत्पन्न हुने हो की त्यसतर्फ पनि सम्वन्धित निकायहरुले चनाखो बन्नुपर्नेै देखिन्छ ।
पुर्वाधार विनानै घोषणा गरिएको नारायण नगरपालिकाले वल्ल वल्ल पुर्वाधारहरुको तयारी गर्दै छ । केही महिना अघिदेखी दमकल ल्याउने तयारीमा रहेको नारायण नगरपालिकाले अहिलेसम्म दमकल ल्याउन सकेको छैन् । यसले अँझै नगरपालिकाले गर्न थालेको राम्रो कामप्रति चिन्तासँगै नगरवासिहरुको चासो समेत बढेको छ । बढ्दो शहरीकरण सँगै जिल्लामा आवश्यकताको बिषय बनेको दमकल ल्याउनमै भएको ढीलाईले नगरपालिका दैलेखले गरेको राम्रो कामको प्रशंसाभित्र कतै पुनः समस्या त हुने होईन यसतर्फ ध्यान दिई अवै छिट्टै दमकल ल्याउनुपर्ने देखिन्छ ।
दमकलको आवश्यकता महसुस गरि टेण्डर प्रक्रिया भएपछि जिल्लासम्म ल्याउनका लागि जिम्मेवारी लिएको निकायले समेत तत्काल दमकल ल्याउनका लागि नारायण नगरपालिकाले ताकेता गर्नुपर्ने देखिएको छ । दमकल ल्याउँनमा ढीलाई भैरहेका बेला नगरपालिका भित्र अगलागीको घटना भयो भने त्यसको सवै दोष नारायण नगरपालिकालाई मात्रै आउने भएकोले राम्रो काम सँगै झनै ठूलो समस्या आउने अवस्थाको सृजना नहोस् यही शुभकामना ।





