संक्रमितलाई सवैले माया गरौ

एचआईभी आफै रोग होइन यसले मानव शरिरमा प्रवेश गरेपछि अन्य रोग संग लड्ने प्रतिरक्षा प्रर्णालीलाई कम्जोर तुल्याई दिन्छ । यो रोग लाग्दैमा डराउनुपर्ने अवस्था छैन यसैले यस रोगका विरुद्ध हामी र हाम्रो समाज चेतनसिल भएर अगाडी बढ्नु पर्ने अवस्था आएको छ ।
भित्र भित्र धमिराझै फैलिएको एचआईभि संक्रमणलाई हाम्रो समाज हाम्रो टोल र जिल्लाले बुझ्न सकेन भने मानिसहरुको मृत्यु हुनसक्ने खतरा बढ्ने संभावना देखिएको छ किनकी ।
थाहै नभएपछि मात्र एचआईभि संक्रमितहरु मृत्युको मुखमा पर्ने गर्दछन् ।
जो एचआईभिका बारेमा जानकार हुन्छन् र समाजमा खुल्न सक्ने शाहस गर्दछन् उनीहरुको  अकालमै मृत्यु हुँदैन् किनकी नियमित औषधि सेवन र उचित आहार विहारबाट २० औं बर्षसम्म मानिसहरु बाँच्न सक्ने देखिन्छ ।
जिल्लामा अहिले संक्रमितहरुको हेरचाह गर्नका  लागि विभिन्न संस्थाहरुको सुरुवात भएको छ । संक्रमित भएका एक जोडीले समेत पंचकोशी प्लस नामक सस्था खालेर समाज सेवामा जुटेका छन् । यस्ता समाज सेवीहरुलाई सवैले उचित सम्मान दिनुपर्ने देखिएको छ ।
खेमराज बिक र सन्तोष रावलजस्ता समाजसेवीहरुलाई हाम्रो समाजले राम्रोसँग बुझ्न सकेको छैन् । जवसम्म समाजमा         रहेको कुसँस्कारको अन्त्य हुँदैन तवसम्म मानिसहरुले अकालमै मृत्यु सहन गर्नुवाहेक अरु बिकल्प देखिएको छैन् ।
बिगतलाई हेर्ने हो भने त दैलेखमा संक्रमितहरु धेरै खुल्न थालेका छन् र उनीहरुले आफ्नो मृत्युमाथि बिजय हाँसिल गरेका छन् तर अँझै पनि दुर दराजका यस्ता मानिसहरु छन् जसलाई एचआईभि हो भन्ने नै थाहा छैन् र राम्रोसँग परिक्षण गर्नै वारेमा पनि थाहा छैन् ।
भारत रोजगारीबाट आएको यो रोगले कतिपय पुरुषहरुको मृत्यु भएको छ भने महिला र बालवालिकाहरु अनाहकमै यसको सिकार भएका छन् । जबसम्मा समाज सेचत हुन सक्दैन गाउँघरमा अन्धविश्वासभित्र लुकेको दरिद्र मानसिकता बोकेका हरुपनि परिवर्तन हुँदैनन् । पीडित ब्यक्तिहरुलाई सामाजिक रुपमै सम्मान गरेर सबैले मायाँ गर्ने अवस्था सृजना गर्नु तपाँई हामी सवैको कर्तब्य हुन आउँछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार