धाँधलिको प्रतिवेदन सार्वजनिक गर्न पर्छ

राजनीतिक निकासका लागि नयाँ संविधानसभाको निर्वाचन सम्पन्न भए पनि स्थिरता आउन सकेको छैन । पछिल्लो समयमा बक्तव्यबाजी र धम्कीले अहिलेका समाज आक्रान्त बनेका छन् । अब बन्ने सरकार कस्तो होला भनी ध्यान केन्द्रित    गरेका जनतालाई आफूलाई विद्रोही बताउने माओवादीहरुले बन्द हड्तालको घुर्की देखाउँदै देखाई रहेको छ ।
सम्पन्न दोश्रो संविधानसभाको निर्वाचनमा तीन ठूला दल अहिले पनि तीन ठूला दलमै परिणत भएको छ । नम्बर वन एमाओवादी यतिबेला तेश्रो स्थान र कांग्रेसको पदोन्नती भई पहिलो तथा एमाले दोश्रो स्थान ओगट्न सफलता हाँसिल गरेको छ । तीन दलका अतिरिक्त चौथो दलमा संसदमा प्रत्यक्षबाट एक सिट हासिल गर्न नसकेता पनि समानुपातिकका मार्फत चौथो दल बनेका राप्रपा नेपालले चौबिस स्थान हाँसिल गरेर          रेकर्ड कायम गरेको छ ।
हरेक दल जनता मात्र आफू लोकप्रिय      कसरी बन्ने र जनआँखामा छारो हाली चुनाव जित्ने रणनीति बनाएर अघि बढेको पाइएको छ । पहिलो संविधानसभा निर्वाचन २०६४ चैत २८ गते र दोस्रो २०७० मंसीर ४ गते सम्पन्न हुँदा दुवै निर्वाचनमा तात्विक भिन्नता पाईदैन । चुनाव गराउने आयुक्तहरु दुई जना रामभक्त ठाकुर इला शर्मा बाहेकका तीन जना नीकलण्ठ उप्रेती, डोलख बहादुर गुरुङ र अयोधी प्रसाद यादव पुरानै व्यक्ति हुन् । तीन दलको कोटामा भर्ना भएका यी तीन वटै आयुक्त र नयाँ भर्ना हुने आयुक्तहरुले निर्वाचनका बारेमा जे जस्तो बयान गरे पनि यौटा कुरा सत्य के हो भने बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म अधिकांश मतदान केन्द्रहरुमा निष्पक्ष र धाँधलीरहित नै चुनाव भएको हो । जब मतदान निष्पक्ष भयो भने धाँधली कहाँ भयो त ? निर्वाचन गराउने र सरकार हाक्ने प्रमुख ठूलो दल एमाओवादीले बाकस खुलेपछि धाँधली भयो भनी आरोप लगाउनु र एमाओवादीको पछि पछि हिड्ने दल मध्ये मधेशी लगायतका केही दलहरुले होस्टेमा हैंसे गर्दै धाँधलीको अलाप बिलाप गर्नु के हो भित्री रहस्य अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्नै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार