पहिलो संबिधान सभाको अवसान पछि मुलूकमा दोस्रो संबिधान सभाको निर्बाचन सम्पन्न भएको छ । संबिधाान सभाको निर्बाचनको सकिएको एक् महिना बिती सक्दा समेत दलहरु आ–आफ्नै खिचातानीका कारण अहिले सम्म संिबधान सभाको बैठक समेत बोलाउन सकेका छैनन ।
दलहरुले कहिले राष्ट्रपतीलाई फेर्ने कुरामा लडिरहेका छन भने कहिले प्रधानमन्त्रिको लागी तछाड मछाड गरेका छन । संबिधान सभाको निर्बाचन पछि ठुलो दल भएको नेपाली काग्रेस पार्टी भित्रको आन्तरिक कुरा मिलाउन सकेको छैन । पार्टी भित्र अबको प्रधानमन्त्रि को भनने बिषयमा एक मुख भएका छैनन ।
पार्टी सभापती सुशिल कोईराला र बरिष्ठ नेता शेरबहादुर देउबा र उपसभापती रामचन्द्र पौड्याल नै प्रधानमन्त्र पदका लागी आफु निकटका केन्द्रिय नेता रिझाउन बेस्त भएका छन । पार्टी भित्र एक मुख भई नजादा र सहमती सरकारका लागी कुनै पहल हुन सकेको छैन । संबिधान सभाको बैठक छिटो बोलाउनको लागी दलहरुले छिटो भन्दा छिटो दलहरुले सहमती गर्नु पर्ने देखिन्छ ।
संबिधान सभाको निर्बाचनमा तेस्रो पार्टी बनेको एमाओबादीले भने संबिधान सभाको निर्बाचनमा धाँधली भएको भन्दै छानबिन आयोग समेत माग गरेको छ । संबिधान सभाको निर्बाचनमा आफ्ना कमीकमजोरी कहा छन र त्यसको लागी पार्टीले आगामी दिनहरुमा के गर्नु पर्ने कुरा पार्टी भित्र बहष नबनाएर केवल धाधलीको कुरा उठाईरहको छ ।
यो पक्कै पनि राम्रो होईन । अघिल्लो संबिधान सभाको निर्बाचन हुदा एमाओबादीले एक सय बिस सिट जित्दा काग्रेस एमालेले धाधली भएको भनेका पनि होईन । किन अहिले प्रचण्डले धाधली भएको भनेका होलान यो सबैले सोच्नु पर्ने बेला आएको छ । उनले आफुनो अध्यक्ष प्रचण्डको बचाउन गर्न खोजेका हुन भन्ने कुरा आम पाठकहरुले बुझिसकेका छन ।
एमाओबादीले धाधली भयो भनेर बिभिन्न नाटक गरिराख्नुभन्दा संबिधान सभामा गएर आफ्ना मतहरु राख्दा र छिटो भन्दा छिटो संबिधान जारी गर्न पर्ने देखिन्छ । संबिधान सभाको निर्बाचनमा गैरदलिय सरकारले गराएको निर्बाचनमा नगएको नेकपा माओबादी पछिल्ला दिनहरुमा १२ बुदै सम्झौता देखी लिएर बृस्तृत शान्ती सम्झौता चातेर जनबिद्रोमा जाने केन्द्रय कमिटी बाट पारित गरिसकेको छ । कोही ठुलो पार्टी हुदा संबिधान सभाको बैठक बोलाउन नसक्ने र कोही जनबिद्रोहमा जादा मुलूक कता जाला भन्ने बारे सोच्नु पर्ने बेला आएको छ । त्यसैले देशलाई संबिधान । निकास र किास गर्नका लागी दलहरुले सहमती गर्न आवश्यक छ





