धार्मिक र पर्यटकिय दष्ट्रिकोण बाट दैलेख तेस्रो नम्बरमा पर्ने कुरा सबैलाई जगजाहेर भएकै कुरा हो नेपाली भाषको उत्पती जुम्लाको सिंजाबाट भएको मानिएपनि त्यसको लिपीबद्ध गरिएको इतिहाँस दैलेखमा रहेको छ । नेपाली भाषा लिपिबद्ध गरेको सबैभन्दा पुरानो वि.स १ हजार ३८ को दामुपालद्धारा लेखिएको कृर्तिखम्बका साथै नेपाली भाषा सुरुवातको पहिलो ९ सय ३८ बर्ष पुरानो शिलालेखमा लेखिएको “क” र “ऊँ”शब्दको अस्तित्व दिन प्रतिदिन औझेलमा पर्दै गएको छ ।
दैलेखको दुल्लूको चौबाटोमा रहेको उक्त शिलालेक संरक्षण गर्नुपर्छ भन्ने ज्ञानको अभावकै कारण बीगत धेरै बर्षदेखी स्थानीयहरुले आँसी उदाउने ढुंगा बनाएका छन ।
हाल यसको सामान्य घेरवार गरिएको देखिन्छ । ढुंगाको आधा भाग फुटीसकेको अवस्थामा छ ।
योगी नरहरी नाथले जिल्ला भ्रमणका क्रममा इतिहाँस खोतल्ने क्रममा दैलेखमा भाषालिपिको सुरुवातको पुरानो सलालेख रहेको जानकारी गराएपछि मात्र स्थानीयहरुलाई यसको ज्ञान भएपनि उक्त सम्पदाको संरक्षण नहुदा अहिलेदिन प्रतिदिन औझेलमा पर्दै गएका छन । भाषाको हिसावले मात्र नभै दैलेखमा रहेका ऐतीहाँसीक, धार्मिक, साँस्कृतिक परम्परा बोकेका अन्य क्षेत्रहरु संरक्षण र प्रचार अभावले दिनप्रतिदिन नष्ठ हुन थालेका छन् ।
दैलेख जिल्लाभर रहेका शिरिस्थान ज्वाला, ढुङ्गै, ढुङ्गाबाट निर्माण गरिएका पंचदेवल, सदरमुकाम दैलेख बजारमै निर्मित कोतगडी लगाएतका एक हजार आठवाट विभिन्न मठ मन्दिर, देवल र ढुंगाहरुको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ ।
दैलेख विभिन्न ३२ वटा जात जातीको उद्गम स्थल रहेको जिल्लाको रुपमा पनि परिचित छ । रिजुबाट रिजाल, दहबाट दाहाल, नेपाबाट नेपाल, कट्टीबाट कट्टेल, बस्तेकोटबाट बस्ताकोटी, खनबाट खनाल, दुल्लुबाट दुलाल, लगायतका ३२ जातजातीको उद्गम स्थल समेत रहेको मानिन्छ । दैलेखका ४० वटा सम्पदाहरु खानी तथा भू गर्भ विभागको सुचिमा सुचिकृत भएको र तीनिहरुको बर्गिकरणका आधारमा संरक्षणमा पहल भैरहेको भनिएपनि । कतिपय स्थानहरुमा संरक्षणका लागि भनेर आएको रकमको सहि सदुपयोग हुन सकेको छैन् । पर्यटन विकास वोर्डवाट गत आव र यस आवमा मात्रै ७० लाख भन्दा बढी रकम विनियोजन गरिएको भएपनि कुन ठाउँमा कसरी यसको उपयोग गरियो भन्ने वारे स्थानीयहरुलाई जानकारी नभई सकिने र सम्पदाका नाममा पैसा कमाउने काम समेत भएको छ । आगामी दिनहरुमा त्यस्तो नगरी सम्पदाको संरक्षण गर्न आवश्यक देखिन्छ





