स्थानियको अग्रता पनि अरुरी

जिल्लाका हरेक गाउँ विकास समिति र वडा स्तरमा हुने साना देखी ठूला सम्मका सवैखाले विकासका गतिविधीहरुमा स्थानीयको अग्रताको महसुस बढ्दै गएको छ ।
जनसहभागितका नाममा केवल टाँठा बाँठाहरुले मात्र रजाँई भैरहेका बेला विभिन्न संचार माध्याम र संचार संस्थाहरुले गाउँ गाउँमा आउने हरेक विकासका गतविधि र त्यसमा सहभागितका लागि गरिएको प्रयास सँगै पारदर्शीताको कुरालाई महत्वका साथ अगाडी बढाउन थालेपछि अहिले दिगो विकासका लागि सवैले चासो देखाउन थालेका छन् ।
जनताको लागि भनेर गरिने सवै विबासका क्रियाकलापहरु दिगो रुपमा सवंचालनमा आउनका लागि सवै उपभोक्ताहरुले त्यसको यथार्थ जानकारी पाउनुपर्ने देखिएको छ । यदी त्यसो भएन भने विकासका कुनै पनि कुराहरु केही समयका लागि मात्र रहने र पछि गएर दिगो विकासको नाममा विनास हुने देखिएको छ ।
जनताहरुलाई विकासका मात्रै नभएर सुचना कसरी पाउन सकिन्छ । सुचना के हो भन्ने विभिन्न सरोकारका कुराहरुलाई लिएर नारायण नगरपालिका दैलेखमा गरिएको शसुचीत नागरिक र पारदर्शी नगरपालिका कार्यक्रमले अधिकाँस उपभोक्ताहरुलाई सुचना माग गर्ने र सुचनाको जानकारी जनताहरुको लागि पनि हुन्छ भन्ने कुराको ज्ञान भएको पाएका छन् ।
नगरपालिकाका गुनासाहरुको बारेमा दोस्रो टाउन हल मिटीङ्ग समेत सम्पन्न भएको छ ।
मिटीङ्गमा नगरपालीकाको शुसासन ,पारदर्शीता, जनउत्तरदायित्व नारायण नगरपालीका बाट हुने सेवा र अवको नगरपरिषद बाट छुट्याईने बजेटका बारेमा जानकारी            गराईएको थियो । यसबाट पनि जनताहरुले पाउने सेवा सुविधाहरुका वारेमा थोरै भएपनि चासो राख्ने देखिएको छ ।
जवसम्म जनस्तरसम्म पादर्शीताको कुरा उठ्दैन तवसम्म हरेक विकासका कामहरु दिगो रुपमा संचालन हुन नसकीने देखिएको छ । यसका लागि सम्बन्धित निकाय र आम उपभोक्ताहरुले समयमै चासो बढाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार