फकाउने सम्झौता नहोस्

दैलेखमा पछिल्ला बर्षहरुमा विद्युत उत्पादनका क्षेत्रमा लगानी धेरै भित्रिएको छ । राम्रो लगानीको संभावना रहेको दैलेखको विद्युत उत्पादनका क्षेत्रहरुमा विदेशी लगानीले समेत राम्रो स्थान पाएको छ ।
जवसम्म हाम्रा पाकृतिक सा्रेत र साधनहरुको सहि लगानी गरि सदुपयोग हुन सक्दैन तवसम्म समग्र जिल्लाको बिकासमा समेत समस्या उत्पन्न हुने देखिएको छ ।
नेपालकै ठूलो परियोजनाको रुपमा रहेको माथिल्लो कर्णाली जलविद्युत आयोजना      पुनः संचालनको तयारीमा रहेको छ ।
जिल्लामा अन्य धेरै महत्वपुर्ण आयोजनाहरुमा पनि क्रमस संचालनको तयारीमा रहेका छन् । जिल्लाकै सवैभन्दा धेरै धान उत्पादन हुने क्षेत्रको रुपमा रहेको नौमूले र तोलि गाविसका जनताहरुको माग र सिंचाईको बारेमा सम्बोधन नगरिएको भन्दै विगत १० महिनादेखी रोकिएको नौमूलेको लोहोरेखोला जलविद्युत आयोजनाको काम पुनः सुरु हुने भएको छ ।
विगतदेखी स्थानीयहरुको मागलाई सुनुवाई नभएको भन्दै आन्दोलीत बनेका स्थानीय र आयोजनाको जिम्मा लिएको कम्पनीवीच तीनबुदे सम्झौता भएपछि पुनः निर्माणको काम सुरु हुने भएको हो ।
पछिल्ला दिनहरुमा गरिएका विभिन्न सम्झौताहरु केवल काम फुत्काउने वाहानाको लागि मात्र नभएर स्थानीय जनताहरुको बास्तवीक आवश्यकता पुरा गर्नुपर्ने देखिएको छ । त्यसो भएको खण्डमा मात्र जिल्लाको समग्र विकास संभव छ ।
कसैको पेट भोको राखेर आयोजना निर्माणको लागि मात्रै सम्झौता नगरियोस् यही कामना

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार