दैलेख जिल्ला ऐतिहाँसिक, पुरातात्विक, साँस्कृतिक लगायतका विभिन्न क्षेत्रहरुमा भिन्नै महत्व राख्ने क्षेत्रको रुपमा परिचित छ । यहाँका कला सँस्कृतिहरुले समेत यसको निकै ठूलो महत्व दर्साउनेमा कसैको फरक मत छैन् ।
यती मात्र हो दैलेखलाई राज्यले हेर्ने दृष्टिकोणमा भने निकै भिन्नता देखिन्छ । दैलेखमा रहेका ऐतिहाँसिक महत्वका बस्तुहरुको संरक्षणका लागि सामान्य कुुखुरालाई चारो हालेझै गरि हालेको बिकास र त्यहीमा पनि योजनास्थलसम्म आउँदा हुने बदमासीका कारण समस्या जहाँको त्यही रहेको देखिन्छ ।
जिल्लाको निकै पुरानो १ सय ९० बर्षको ईतिहाँस बोकेको धरोहर समेत बल्ल तल्ल निर्माण सम्पन्न भएको छ । तत्कालिन २२ से र २४ राज्यहरु हुँदा ३५ जिल्लाको महत्वपुर्ण कार्यालयको रुपमा रहेको दैलेखको पुरानो गौडा दरवार पुरानै शैलिमा निर्माण हुनुले पनि जिल्लाको ऐतिहाँसिक मह्त्वको सम्पदा अँझै धेरै बर्षसम्म जीवित रहने आशा जिल्लावासिहरुले गरेका छन् ।
गौडादरवार सँगै रहेको कोतगडीका वरपरका क्षेत्रहरुको ऐतिहाँसिक महत्व हराउँदै गएका बेला अव गौडा दरवारलाई संग्राहलय वनाउन सकेमा मात्र जिल्लाको ऐतिहाँसिकता अँझै हजारौं बर्षसम्म अरुलाई देखाउने र सुनाउने अवसर सृजना हुन सक्ने देखिन्छ ।
दैलेखका विभिन्न ३२ भन्दा बढी जातजातिहरुको उद्गम स्थल छ । कला सँस्कृतिहरु छन् । महत्वका बस्तुहरु छन् । कतिपय बस्तुहरुलाई मानिसहरुले हेर्न जान सक्छन् तर कतिपय वस्तुहरु हेर्न जान नसक्ने हरुका लागि सवैको ऐतिहाँसिक महत्व झल्काएर राख्ने संग्रालय वनाउन योग्ग दरवारको लागि । तत्काल जिल्लावासिहरु राजनीतिक दल, नागरिक समाज, लगाएतले नेपाल सरकारसँग जिल्ला प्रशासन कार्यालय दैलेखको नयाँ पक्कि भवन निर्माणका लागि पहल गर्न सक्यौ भने दैलेखको महत्वपुर्ण धरोहर संग्रालय वन्न सक्ने संभावना देखिन्छ । ्संग्रालय मात्र बनेमा पनि दैलेखमा आन्तरिक र बाह्य पर्यटनहरुको आगमनमा तीव्रता हुने छ ।





