दैलेख विभिन्न बिषयहरुमा प्रख्यात जिल्लाको रुपमा चिनिन्छ । दैलेखमा रहेका ऐतिहाँसिक महत्वका बस्तुहरु सँगै यहाँको दहि, सुन्तला र सावर बिशेष महत्वका हुन् यो सँगै दैलेखमा उत्पादन गरिने खुकुरी पनि बिशेष महत्वपुर्ण बस्तुको रुपमा रहेको छ ।
विगतका दिनहरुमा सुन्तला उत्पादनलाई परम्परागत रुपमा राखिदै आएको भएपनि अहिले जिल्ला कृषि विकास कार्यालय र कृषि अनुसंन्धान केन्द्रले पुराना बुटाहरुलाई मासेर नयाँ जात र नयाँ पनमा यसको उत्पादन सुरु गरेको देखिएको छ ।
अँझै पनि गाउँस्तरका कृषकहरु सम्म नयाँ पनको जानकारी हुन सकेको छैन् ।
गाउँमा ठूला ठूला बगैचा निर्माण गरेर विगतदेखीकै शैलिमा सुन्तला उत्पादन गरिरहेका कृषकहरुको मागका आधारमा जिल्ला कृषि विकास कार्यालयले सुन्तला उत्पादन र यसको बजारिकरणका साथै कृषकहरुलाई व्यवसायिक बनाउन अग्रसर बनेमा दैलेखको सुन्तलाले निकै धेरै महत्व राख्ने देखिएको छ ।
जिल्लामा कृषिका विभिन्न क्षेत्रहरुका पकेट क्षेत्रको बिकास गरिएको छ ।
यस्ता क्षेत्रमा रहेका कृषकहरुले उत्पादन गरेका विभिन्न बस्तुहरुको व्यवसायिकतातर्फ ध्यान दिन मात्र सकेको खण्डमा दैलेखका यस्ता धेरै बस्तुहरुवाट परिचित जिल्लाको रुपमा अँझै धेरै फड्को मार्ने देखिएको छ । यसलाई राम्रो र ब्यबसाहिक गर्न सकेको खण्डमा दैलेख जिल्लालाई सुन्तलाको उत्पादनको रुपमा जिल्लालाई चिनाउन सकिन्छ





