कसरी रोकिन्छ लागु औषध

दैलेख जिल्लामा पछिल्ला बर्षहरुको प्रगती बिवरण हेर्ने हो भने लागु औषधमा निकै     धेरै निराशाजनक अवस्था देखिएको छ । जिल्लाका अन्य धेरै कुराहरुको बिकास सँगै रातारात भित्रने लागु औषध कारोवारले पछिल्ला यूवा पुस्ताहरुमा निरासा छाएको देखिन्छ । विद्यालय पढ्ने उमेर देखी नै गाँजा , चरेस लगाएतका विभिन्न औषधिको प्रयोग गर्ने प्रचलन सँग विगत दुई तीन बर्षयता देखिएको लागु औषधको कारोवार निकै बढेको छ । ओहदामा रहेका मानिसहरुका छोरा छोरी देखि निम्न बर्गीय यूवाहरुमा समेत लागु औषधले छोएको देखिएको छ ।
बेला बेलामा प्रहरीले सक्रिया देखाएजस्तो देखिएपनि प्रहरी समेत गम्भिर रुपमा यसमा लागेको देखिएको छैन् । कतिपय लागु औषधका कारोवारीहरुलाई समेत पक्राउ परेका वेला मिलोमत्तोमा भगाउने परिपाटीेले समेत यूवाहरुमा निकै बिकृत मानसिकता बाट अगाडी बढेको देखिएको छ  ।
लागु औषध रोक्नका लागि बिशेष गरेर प्रहरीले नै यो बिषयमा सक्रियता बढाउनुपर्ने देखिएको छ । प्रहरीले चाहेमा कस्ता कस्ता अपराधिहरु पक्राउ पर्न सक्छन् भने जिल्लामा देखिएको लागु औषध कारोवार रोक्न          प्रहरीलाई कुनै आईतवार कुर्नुपर्ने देखिदैन् तर बिशेष योजनाका साथ प्रहरी र प्रशासनले सक्रियता प्रर्दशन गरेको खण्डमा जिल्लामा भित्रने लागु औषधका विभिन्न औषधिहरु रोक्न सकिने देखिन्छ । स्थानीयको पनि यसमा सक्रियता जरुरी देखिन्छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार