बिषदीबारे अझै जनचेतना जरुरी

देश काल र परिस्थिती अनुसार मानव जीवनमा धेरै ठूला परिवर्तन देखा परेका छन् । विगतका विभिन्न यूगहरु पारगर्दै आएको मानव जीवनले पछिल्ला बर्षहरुमा अँझै      धेरै नयाँ नयाँ प्रवृधिहरुको प्रयोग गर्दै आएको छ ।
विश्वभरका गतिविधीहरुलाई घरमै बसेर अवलोकन गर्न सक्ने क्षमता विस्तार गरेको मानव समाजले पक्कैपनि पछिल्ला बर्षहरुमा विभिन्न आर्थिक उपार्जनका कामहरुका लागि पनि अग्रसर भएको देखिन्छ । आर्थिक उपार्जनका लागि क्षेणीक सोच र स्वार्थका कारण मानिसहरुवाटै गरिएको विभिन्न गल्तिहरुका कारण पछिल्ला पुस्ताहरुमा त्यसको
प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव देखिदै आएको छ ।
पछिल्लो समयमा कृषिमा उत्पादन बढेसँगै कृषकहरुले अत्याधिक रुपमा बिषादी प्रयोग गर्न थालेपछि त्यसले मानव जीवनमा देखिएको प्रत्यक्ष प्रभावको वारेमा अहिले जनचेतना जगाउनुपर्ने देखिएको छ ।
आम्दानीको प्रसस्त संभावना बोकेको तरकारी र फलफुलमा प्रयोग गरिएको बिषादीले सिगो मानव जीवनलाई पुस्तौसम्म निकै ठूलो असर गर्छ भन्ने वारे त्यसको प्रयोगकर्ताको रुपमा    रहेका कृषकहरुलाई बेलैमा जानकारी गराउने र स्थानीय स्तरमै उत्पादन हुने जैवीक मलको प्रयोगले हुने फाईदाहरुका बारेमा अँझै ग्रामिण स्तरसम्म जनचेतना फैलाउनुपर्ने आवश्यकता देखिएको छ  । यदी त्यसो नभए केही समयपछि मानव जीवनमा देखिने खोटको बारेमा कसैले उपचार गर्न सक्ने अवस्था छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार