संबिधान सभालाई बन्धक नबनाउ

पुन नेपाली जनतालाई संविधान दिन लक्ष्य बोकेर दोस्रो संविधानसभाको नयाँ यात्रा सुरु भएको छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले सपथ ग्रहण   गराएपछि अधिकांश नयाँ अनुहारहरू सभासदको हैसियतमा नयाँ संविधान लेख्न, अब विधिवत संविधानसभा का सदस्य बनेका हुन् । यद्यपि अन्तरिम संविधानले यिनै सभासदहरूलाई व्यवस्थापिका संसदका सदस्यहरू हुने सुविधा प्रदान गरेको छ । मन्त्रिपरिषद्का अध्यक्षको आह्वानमा हिजो माघ ८ गते संविधानसभाको पहिलो बैठक बसिसकेको छ भने राष्ट्रपतिको आह्वानमा आगामी १२ गते व्यवस्थापिका संसदको पहिलो बैठक बस्दैछ । आश्चर्यको कुरा त के छ भने चार वर्ष लामो एउटा संविधानसभाको कार्यकाल सकेर, दोस्रो संविधानसभामा बल्ल आएर कांग्रेस, एमाले र एमाओवादीले एक वर्षभित्रमा नयाँ संविधान निर्माण गरिसक्ने संकल्प प्रस्ताव पारित गर्ने निर्णय गरेका छन् ।अघिल्लो संविधानसभाको अवधिभर उठेको गम्भीर प्रश्नको जवाफ अहिलेसम्म नेपाली जनताले पाउन सकेका छैनन्, त्यो के भने के हरेक संविधानसभा सदस्य संविधानसभाको गतिविधिमा सार्वभौम अधिकारसम्पन्न सदस्य हो ? हो भने अघिल्लो संविधानसभाबाट संविधान निर्माणमा योगदान दिन त्यस्ता सदस्यहरूले किन पाएनन् ? किन चार दलका चार जना नेताहरूले संविधानसभालाई कैद गरेर राखे ? यो प्रश्नको जवाफ नेपाली जनताले नपाईकन यो संविधानसभाले पनि संविधान निर्माण गर्न सक्ला भन्ने विश्वास नेपाली जनतामा पलाउन सक्दैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार