दुर्घटना हुन नदिन आवश्यक कदम चाल्न जरुरी

नेपालका पहाडहरुमा प्रत्येक बर्ष बिमान दुर्घटना हुने गर्दछन् । कतिपय अवस्थामा हुने दुर्घटनाहरु प्रतिकुल मौसमका कारण हुने      गरेका छन् भने कतिपय दुर्घटनाहरु चालक र अन्य विभिन्न खरावीका कारण हुने गरेका छन् । बर्षेनी दुर्घटनाबाट धेरै मानिसहरुको मृत्यु हुने गरेको छ भने करोडौं क्षती समेत हुने गरेको छ ।      संयोग भन्नुपर्छ तत्कालिन समयमा  रकम अभाव भयो भन्दै स्वर्गीय गिरीजाप्रसाद  कोईराला र हालका प्रधानमन्त्री शुसील  कोईरालाको सहयोगमा बिमान    अपहरण गरिएको त्यही बिमान पुनः बेपत्ता भएको छ । बिमान दुर्घटना भैसकेको र मानिसहरु सवैको मृत्यु भैसकेको निश्चित भएको भएपनि स्थान भने अँझै खुल्न सकेको छैन् ।
पोखराबाट जुम्लाको लागि उडेको नेपाल एअर लाइन्सको ९ एन एबीबी कल साईन विमान बेपत्ता भएको धेरै समय वितिसक्दा पनि पत्ता लगाउन निकै समस्या उत्पन्न भएको छ । कतिपय पुराना विमानहरु नेपालमा चलाउने प्रचलन,  बिमानहरुको लागि व्यवस्थित धाउन मार्ग, प्रतिकुल मौसम अनि हवाई रुटहरु नमिलेका कारण पनि नेपालमा विभिन्न प्रकृतिका दुर्घटनाहरु हुने गरेका छन् ।     चालक दलमा क्याप्टेन शंकर श्रेष्ठ,  को– पाईलट रविन्द्र वञ्जाडे र एयर हास्टेज मुना महर्जन रहेको र अन्यको बिवरण भने आउन सकेको छैन् । नेपाली सेनाले बिमानको खाजी कार्यलाई तीब्रता दिएको छ । नेपालमा बर्षेनी हुने ठूला देखी साना सवैखाले दुर्घटनाका कारण लाखौंको धन र जनको क्षती हुने गरेको छ । दुर्घटना            रोक्नका लागि सरकारले सवै क्षेत्रको बिकास गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार