अझै कति अलमल गर्ने हो

नेपालको नयाँ राजनीति रंगमञ्च अहिलेपनि अलमलमै परेको छ । नेपाल र नेपालीहरुको लागि भन्दै दोस्रो पटक चुनीएका नेताहरुले पनि अहिलेसम्म नयाँ निकासका लागि कुनै पहल गर्न सकेका छैनन् ।
पछिल्लो समयमा ठूला दलको जिम्मेवारी पाएका काँग्रेस र एमाले समेत अहिले अलमलमा परेका परेका छन् नेपाली काङ्ग्रेससँग भएको सातबुँदे सहमति पालना गर्नुपर्ने अडान राखेको एमालेले समेत अहिलेसम्म अर्को बिकल्प प्रस्तुत गर्न सकेको छैन् ।
महत्वपुर्ण जिम्मेवारी पाएको नेपाली काँग्रेसले अहिलेसम्म पनि दुई दल वीचको निकासका लागि कुनै नयाँ पहल गर्न सकेको छैन् । आफैभित्र असहमतीका लागि लडेको काँग्रेसले पार्टी भित्रको मन्त्रीको पदको समेत टुँगो लगाउन सकेको छैन् ।
काँग्रेसले सहमती पालना नगरे सरकारमा नजाने अडानमा बसेको एमाले र सहमतीनै नभएको बखेडा झिकेको  नेपाली काँग्रेसको दोहोरीले अहिलेपनि समस्या कायमै रहने देखिएको छ ।
निकै धेरै आशा र अपेक्षा गरेका नेपाली जनताहरुका लागि पनि यो बखेडाले अलमल पारेको देखिएको छ । जनताहरुले गरेको चाहना अनुसार संविधान वन्न सकेन भने सुरुका दिनदेखिनै देखिएको अलमलका कारण अन्तमा यसको सवै दोष प्रमुख दलहरुलेनै लिनुपर्ने देखिएको छ ।     मुलुकलाई अँझै अनिर्णयको बन्दी बनाउने खालका विभिन्न हरकतहरु बन्द गर्दै तत्काल सरकार गठन र संविधानलाई महत्वदिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार