एैतिहासिक महत्वका बस्तुहरुको चोरी बढेदो

दैलेख ऐतिहाँसिक महत्वका बस्तुहरुको धनी जिल्लाको रुपमा परिचित छ । दैलेख सिमाना जोडिएका सँगैका अन्य जिल्लाहरुले दैलेखको नाम बेचेर लाखौं रकम कमाएका छन् तर दैलेखका संम्पदाहरु दिनप्रतिदिन ओझेलमा पर्दै गएका छन् ।
जिल्लाका ऐतिहाँसिक बस्तुहरुको संरक्षणको जिम्मा लिएका व्यक्तिहरु, संघ संस्था लगायतले समेत गैर जिम्मेवारी काम गरेकै कारण जिल्लाका अधिकाँस ऐतिहाँसिक महत्वका बस्तुहरु ओझेलमा परेका हुन् ।
कतिपय संरक्षणका लागि आएका            रकमहरुको समेत सदुपयोग हुन सकेको छैन् भने कतिपय जिम्मेवार निकायहरुको लापरवाहिकै कारण ऐतिहाँसिक महत्वका बस्तुहरु ओझेलमा परेका छन् ।
जिल्लामा रहेका महत्वपुर्ण मुर्तीहरु चोरी भैसकेका छन् भने कतिपय चोरी हुने डरले जिल्ला प्रशासन कार्यालयमा समेत राखनुपर्ने बाध्यता कायमै रहेको छ ।
दैलेखका ऐतिहाँसि सम्पदाहरुको संरक्षणका लागि मात्रै जिल्लामा लाखौं रकम आउने गर्दछ त्यसो सहि सदुपयोग गर्नुपनेृ चुनौती एकातिर रहेको छ भने अर्कोतर्फ मन्दिरभित्र रहेका विभिन्न महत्वका बस्तुहरु समेत बेला बेलामा चोरी हुने गरेका कारण आजभोली कतिपय ऐतिहाँसिक महत्वका स्थानहरु खाली रहेका छन् ।
जिल्लाका यस्ता बस्तुहरुको संरक्षणका लागि कहिले र कसले पहल गर्ने हो त्यो भने अँझै कुनै ठोस नीतिका रुपमा आउन सकेको छैन् । अधिकाँस मन्दिरहरु जिर्ण छन् । मुर्तीहरु        चोरी हुने खतरा त्यतीकै छ । संरक्षणका लागि स्थानीयहरु र जिम्मेवार निकायहरुले यसवारे ठोस नीति पारित गर्नुपर्ने देखिएको छ ।          संरक्षण तर्फ सवैको पहल नभए अँझ धेरै मुर्तीहर चोरी हुने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार