क्रिकेट नेपालको अर्को शान

विश्वमाझ नेपालीहरुले आफ्नो नेपालको झण्डा फहराउने नेपाललाई खेलको माध्यामबाट विश्वसामु परिचित गराउने अर्को महत्वपुर्ण खेल बनेको छ क्रिकेट । यतीवेला हरेक नेपालीहरुले आफ्नो गौरव र प्रतिष्ठाको बिषय बनाएका छन् क्रिकेटलाई नेपालीहरुले पहिलो खेलमा देखाएको बहादुरीपनले पक्कै पनि पहिलोपटक विश्वकप क्रिकेटमा नेपालले निकै राम्रो उपस्थिती देखाएको छ । ट्वान्टी २० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेलमा विजयी सुरुवात गरेपछि यसले नेपाल र नेपालीहरुको गौरव अँझै बढेको छ । जोहर अहमद चौधरी स्टेडियममा आइतवार भएको विश्वकपको पहिलो खेलमा नेपालले प्रतिद्धन्द्धी हङकङलाई ८० रनले पराजित गरेपछि नेपाली खेलाडीहरुको शाहस अँझै उच्च रहेको पाईएको छ । हामी पनि सलाम गर्न चाहान्छौं बहादुर क्रिकेट खेलाडीहरुलाई जसले नेपालको नाम पहिलोपटकमै उच्च राख्न सफल भएका छन् । नेपालका सामु अँझै धेरै चुनौतीहरु रहेका छन् धेरै पटक विश्कप खेलेका अन्य विभिन्न शक्तिसाली राष्ट्रहरु सँग खेल खेल्नुपर्ने अवस्था कायमै रहेको छ तर पनि पहिलो पटक नेपालका खेलाडीहरुले रचेको यो ईतिहाँसले नेपालको अर्को शान बढाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार