कामदारको सामुहिक दुर्घटना वीमा


जेष्ठ ५, दैलेख भगवतीमाई गाउँपालिकमा संचालन भएका योजनाहरुमा काम गर्ने कामदारहरुको सामुहिक दुर्घटना वीमा गरिएको छ । काम गर्ने क्रममा कुनै कनै पनि कामदारको शरिर अङ्गभङ्ग वा मृत्यु भएमा त्यसका क्षतीपुर्तीका लागि जिल्लाको भगवतिमाई गाउँपालिकामा र ग्रामिण जलस्रोत परियोजना तेस्रो चरण द्धारा संचालन भएका खानेपानी योजनामा काम गर्ने कामदारहरुको सामुहिक र्दुघटना वीमा गरिएको हो ।
गाउँपालिकामा संचालन भएका ३ वटा खानेपानी योजना र सिचाई योजनामा काम गर्ने कामदारको प्रत्येक योजनामा ४० लाख बराबरको सामुहिक दुर्घटना वीमा गरेको गाउँपालिकाका जलस्रोत अधिकृत प्रकाशचन्द्र थापाले बताए । उनले पहाडको ठाउँ योजना संचालन गर्दा भिर पाखमा काम गर्नु पर्ने अबस्था भएको जतिखेर पनि दुर्घटना हुन सक्ने भएपछि परियोजनाले कामदारको सामुहिक दुर्घटना वीमा गरिएको बताए ।
गाउँपालिकाबाट संचालन हुने योजामा पनि कामदारको सामुहिक दुर्घटाना वीमा गर्ने योजनाका साथ गाउँपालिकाले आफ्नो कार्यबिधि निर्माण गरेको गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले बताए । उनले गाउँमालिका पनि श्रम तथा रोजगार बैक स्थापना गर्ने तयारीका साथ कार्यबिधि निर्माण गरेको बताउदै आव आर्थिक वर्ष बाट प्रत्येक योजनामा काम गर्ने कामदारको सामुहिक दुर्घटना वीमा गर्ने तयारी गरेको बताए । रोजगार बैक स्थापना गरि गाउँपालिकाका युवाहरुलाई रोजगार बैकमा समेट्ने र उनीहरुको सामुहिक दुर्घटना वीमा गर्ने र गाउँपालिकाको समृद्धिका लागि युवाहरुलाई परिचालन गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पौड्यालले बताए । परियोजना जिल्लामा संचालन भए यता योजनामा कामदार गर्ने कामदारको सामुहिक दुर्घटना वीमा गर्ने भएपनि पहिलो पटक बिमा गर्ने कार्यले त्रिव्रता पाएको जिल्ला जलस्रात सल्लाहाकार लक्ष्मीचन्द्र महतले बताए ।
उनले कामदारलाई चोट लागेर अङ्गभङ्ग भएमा बिमा भएको रकमको ८० प्रतिशत भुत्तानी पाउने र मृत्यु भएमा ५ लाख सम्म उपलब्ध हुने ब्यबस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार