
कात्र्तिक १, दैलेख
दैलेखको शिरिस्थान नाभिस्थान लागयतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको दोस्रो चरणको अन्बेषणका लागि चाईनाको प्राविधिक टोलि दैलेखमा पुगेको छ । चीन सरकारको चाईना जियोलोजिकल सर्भे र नेपालको खानी तथा भूर्गभ बिभागका महानिर्देशक सोमनाथ सापकोटाले पेट्रोलियम पदार्थको अन्वेषण गर्ने २ अर्व ४० करोड सम्झौता भएबमोजिम पहिलो चरणको अन्बेषण गरेर फर्केको चाईनाको प्राविधिक टोली पुन अन्बेषणको लागि दैलेख पुगेको हो । खानी तथा भूर्गभ बिभागका भूर्गवविद सुनिता भट्टटराईका अनुसार दैलेखमा टोली पुगेर अन्बेषणका लागि दोस्रो चरण काम सुरु गरिएको बताए । उनले अन्बेषणका लागि चिनियाँ टोली कति सख्यामा आउने भन्दापनि चाईनाको टोलीले आवश्यक मात्रमा आफै बोलाउने भएकाले आउने जाने बताए । अहिले भूर्गभ विभागको टिम सहित ४ जना चाईना सरकारबाट प्राबिधिक टोली आएका छौं । चाईनाको प्राबिधिक टोलीलाई बस्नको लागि स्थानहरुको खोजी गरिरहेको उनले बताए । एक टोली दैलेखको नारायण नगरपालिकाक वडा ९ मा पर्ने चुप्रा र एक टोली दुल्लूमा बस्ने गरि उचित स्थानको खोजीमा रहेको बताए ।
गत असार १६ गते उद्योग मन्त्री मातृका यादव र पूर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डे र चिनिया टोलीले आएर स्थलगत अवलोकन गरेर फर्केको थियो । मन्त्री सँग दैलेख पुगेको चाईनाको प्राबिधिक टोलीले १५ दिन सम्म दैलेखका बिभिन्न स्थानहरुमा बसेर त्यसको अन्बेषण गरेको थियो । अन्बेषण पश्चात प्राप्त दैलेखमा पेट्रोलियम पदार्थको पुष्टी गर्दै त्यसका लागि आवश्यक पर्ने मेसिन औजारको ब्यबस्थाका लागि टोलि फर्किएको थियो । खानी तथा भूर्गभ विभाग भूर्गभबिद भट्टराईका अनुसार टोलीले पेट्रोलियम सम्भावना रहेको क्षेत्रमा जियोलोजिकल म्यापिङ गर्ने म्यानेटो टेलुरिक र सिसेमिक सबै क्षेत्रको समेट्ने गरी प्रोफाईल बनाउने काम गर्ने बताए । उनीहरुले पेट्रोलियम पदार्थ भएको सम्भाबित क्षेत्रको एक्सरे र एम आर गरी परिणाम पत्ता लगाउनका लागि ड्रिलिङ गरेर मात्रा पुष्टी गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललले जिल्लाको गृह मन्त्रालयको परिपत्र अनुसार एक सय ९७ जना चाईना प्राबिधिक आउने र त्यसमा नेपालको खानी तथा भूर्गभ बिभागको टिम गरेर त्यसमा केही सख्या थप हुने बताए । उनले चाईनाबाट आएको प्राबिधिक टोलीको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइ सकिएको बताए । चाईनाको टोली दैलेख पुगेको लगतै जिल्ला सुरक्षा समितिको बैठक गरेर आवश्यक पर्ने सबै तयारी पूरा गरेको बताए ।
दैलेख लगायत अन्य जिल्लामा रहेको पेट्रोलियम पदार्थको अन्बेषणका लागि परियोजना गठन गरेर २०३९ सालमा बिभिन्न कम्पनीलाई अनुसन्धानको जिम्मा दिएको थियो । देशमा भएका बिभिन्न आन्तरिक द्धन्द्धका कारण देखाउदै उक्त कम्पनीहरुले काम नगरेको खानी तथा भूर्गभ बिभागले जनाएको छ । सरकारले बिभिन्न कम्पनीलाई दिएको जिम्मा अनुसार दैलेखको पेट्रोलियम पदार्थको अन्बेषणका लागि अमेरिकाका इमिरेटस कम्पनीले अन्बेषणको काम पाएपनि काम गर्न सकेको थिएन । मधेसवादी दलको समर्थन गर्दैै सबिधान संशोधन नगरेको कारण भारतले लगाएको ३ महिना नाकाबन्दी पछि तत्कालीन प्रधानमन्त्री ओलीले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण गर्ने घोषणा गरको थियो । प्रधामन्त्री केपि शर्मा ओलीले घोषणा गरको केहि महिना पछि तत्कालीन उद्योग मन्त्री सोम प्रसाद पाण्डेको नेतृत्वमा चिनियाँ विशेषज्ञ सहितको टोली अनुसन्धानका दैलेख पुगेको थियो । नेपाल माथि भारतले नाकाबन्दी गरिरहेको अबस्थामा उद्योग मन्त्री पाण्डेले २०७२ मंसिर २१ गते शिरिस्थान क्षेत्रबाट उद्घाटन गरेका थिए । सरकारले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण र उत्खन्नका लागि बिशेष चासो दिएको भन्दै सरकारलाई धन्बाबाद दिदै दैलेखका ब्यबसायीले समेत त्यसको अन्बेषण र उत्खन्नका लागि गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।









