देशको सिमा रक्षा गर्न सरकार सक्षम छः प्रधानमन्त्री एक इन्च जमिन कसैलाई मिच्न दिदैनौ


मंसिर १,काठमाडौं
छिमेकी मुलुक भारतले गरेको सिमा अतिक्रमणको बिषयलाई लिएर नेपालको राजनीति रंगमञ्च अहिले परिवर्तन भएको छ । कालापानी र लिपुलेक लगायतका धेरै जमिनहरु भारतले बिगतदेखि बिभिन्न बाहनामा मिचेको देखिन्छ । अहिले नेपालका राजनीतिक दल मात्र हैन सवै नेपालीहरुको भावना एउटै भएपछि स्थायी सरकारलाई पनि यसवारे निश्कर्ष निकाल्न सजिलो हुने आशा जनताले गरेका छन् ।
यसैवीच सिमा बिवादका बारेमा सरकारले आफ्नो तर्फबाट बिभिन्न पहलहरु गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने घोषणा गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको भेला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो देशको सीमाना रक्षा गर्न सक्षम रहेको सक्षम रहेको र कसैलाई पनि एक इन्च जमिन मिच्न नदिने बताएका हुन् ।
मुलुकको सीमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै नेपालहरु एकजूट भएर एकताको सन्देश प्रवाह भएको छ । जनताबाट प्राप्त बलियो समर्थनलाई धन्यवाद दिदै ओलीले सरकार कुनै हालतमा पनि आफ्नो जमिन फिर्ता ल्याउन लाग्ने बताए ।
सिमा अतिक्रम अहिलेको बिषय होईन दशकौदेखि अगाडीको समस्या हो । अहिले भर्खरै सिमा मिचिएको जस्तो गरेर प्रचार गर्ने काम नगर्न आग्रह गर्दै ओलिले बर्तमान सरकार देशभक्त सरकार भएकोले छिमेकी देशले नेपालको भूमिबाट तत्काल सेना हटाउन आग्रह समेत गरेका छन् । नेपाल शान्तिको देश हो, हामी अरुको एक इन्च लिदैनौ र कसैलाई एक इन्च पनि दिदैनौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार