दैलेखको पूर्वाधार कार्यालय आफै बेहालमा ८८ करोडमा ४ करोड मात्र खर्च


पुष २१, दैलेख
जिल्लाभरको पूर्वाधार विकास गर्ने जिम्मा लिएको दैलेखको पूर्वाधार विकास कायर्कालय संचालन भएको तीन महिना पुगिसक्दा पनि बेहाल अवस्थामा छ । फेलेक्समा लेखिएको व्यानर छ त्यो पनि चुट्ने अवस्थामा छ । कार्यालय कोठा अभावले कर्मचारी पालो पालो गरेर कुर्चीमा बस्नुपर्ने बाध्यता छ । कार्यालय प्रमुखको बैठक कोठामा समेत ईन्जिनियरको फाँट छ ।
प्रदेश सरकारले जिल्ला जिल्लामा पूर्वाधार विकासका कामहरुमा सहजताका लागि भन्दै खोलिएको दैलेखको पूर्वाधार विकास कार्यालय अहिले आफै बेहालमा परेपछि विकासमा काममा गति लिन नसक्ने स्थानीयको गुनासो छ ।
खानेपानी डिभिजन कार्यालयमा बसेको पूर्वाधार कार्यालयमा १२ दरबन्दी भएपनि ८ जनाले काम गरिरहेका छन् । ४ स्थायी र ४ जना अस्थाई कर्मचारी कार्यालयमा छन् । कोठा अभाव भएपछि बैठक कोठामा प्राविधिक काम गर्नुपर्ने अवस्था छ भने लेखा र प्रशासनको काम साँगुरो एउटै कोठामा गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख रामअशिस दासले जानकारी दिएका छन् । यस अघि लेखा शाखा रहेको कोठामा खानेपानी डिभिजन कार्यालयले ताला मारेको छ । भवन पनि हस्तान्तरण हुन सकेको छैन् ।
खानेपानी डिभिजन र सिंचाई कार्यालय एक भएपछि सिंचाईमा हस्तान्तरण भएको उक्त कार्यालयमा अहिले पूर्वाधार विकास कार्यालयको मातहतमा ल्याउन पत्राचार भैसकेको भएपनि सुर्खेत सिंचाईले ढिला गरेका कारण समस्या भएको दासले बताए । हामी भवन हस्तान्तरण भएसँगै औपचारीक उद्घाटन कार्यक्रम पनि राख्छौं र बोर्ड पनि नयाँ राख्दै कार्यालय प्रमुख दासले भने ।
प्रदेशको ८८ करोड
बजेटमा ४ करोड खर्च
कर्णाली प्रदेश सरकारको प्रदेश पूर्वाधार, जनता आवाश, ¥याप अन्तरगत आएका विकासे बजेटहरु पूर्वाधार विकास कार्यालय मार्फत खर्च गरिने भएको छ । करिव ८८ करोड भन्दा बढी रकम बिभिन्न पूर्वाधारका क्षेत्रमा रकम आएको भएपनि अहिलेसम्म ४ करोड रकम मात्र खर्च गरिएको छ । अन्य कार्यालय भन्दा आफ्नो कार्यालयले धेरै रकम खर्च गरेको कार्यालय प्रमुख राम असिस दासले बताए ।
प्रदेश सांसदको ५ करोडको योजना अँझै छनौट भएनन
दैलेखबाट ४ वटा प्रदेश निर्वाचन क्षेत्रमा बिजयी भएका सांसदहरुको ५ करोड बजेटको अँझै बाँडफाँड हुन सकेको छैन् । बजेट बाँडफाँडका लागि आईतवार सांसदहरु सँग छलफल भएको भएपनि योजनाको टुँगो नलागेको कार्यालयले जानकारी दिएको छ । प्रदेश निर्वाचन क्षेत्र अन्तर्गतका पालिकाका प्रमुखहरु सँग समन्वय गरेर तत्काल योजना छनौट गर्ने तयारी भएको र कतिपय योजनाको टुँगो लागिसकेको प्रदेश सभाका सांसदहरुले जानकारी दिएका छन् । संघीय सांसदको ६ करोड रकम पनि दैलेख देखि महावु जाने मुख्य सडकमा खर्च गर्ने भनेर सांसदले निर्णय गरिसकेका छन् यसको जिम्मेवारी नारायण नगरपालिका दैलेखलाई दिईएको छ । नारायण नगरपालिकाले खर्च गर्नका लागि आफ्नो जिम्मा पाएको १ महिना बित्न लागिसक्दा समेत अहिले सम्म टेण्डर खुलाउन सकेको छैन् ।
बजेट खर्चमा समस्या कायमै
पहिलो चौमासिक अवधिमा बजेट खर्च शून्य जस्तै बनेको दैलेखका ११ वटै स्थानीय सरकार र अन्य कार्यालयहरुको बजेट दोस्रो चौमासिक अवधिको आधा समय पुग्न लाग्दा पनि अँझै खर्चको एकिन टुँगो लाग्न सकेको छैन् । कर्मचारीको इच्छाशक्ति नहुनु र निर्वाचित जनप्रतिनिधिहरुले ठोस योजनाको जानकारी नदिनुले दैलेख जिल्लाको बजेट खर्चमा यो वर्ष पनि समस्या कायमै हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार