दैलेखमा ग्याँस र पेट्रोल दुवै हुने सम्भावना बढ्दै सेस्मिक सर्वेको काम ८० प्रतिशत सकियो


माघ २७, दैलेख
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम बिगत चार महिनादेखि तीब्र गतिमा अगाडी बढीरहेको छ । अहिले कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन स्थानमा बढी भण्डारणको संभावना छ भनेर जमिन भित्रको अवस्था पत्ता लगाउने महत्वपूर्ण भौगर्वीक (सेस्मिक) सर्वेको काम सुरु भएको हो । सर्वेको ८० प्रतिशत काम सम्पन्न भैसकेको छ ।
ग्याँस र पेट्रोलियम उत्खनन भएका अन्य देशहरुको अहिलेसम्मको तत्थ्याङ्क वा इतिहासलाई औल्याउने हो भने छिद्र निश्केका स्थान वरपरनै भण्डरणको अवस्था भएको तत्थ्य देखिएसँगै दैलेखको भू–भागमा पेट्रोलियम पदार्थ मात्र हैन ग्याँसको समेत भण्डारण हुनसक्ने सम्भावना बढ्दै गएको छ ।
बिदेशका अन्य भू–भागहरुमा गरिएका सर्वेलाई आधार मान्ने हो भने छिद्र देखिएका स्थानहरु र ग्याँस निस्किएका स्थानहरुकै आसपासमा भण्डारण भेटिएकाले दैलेखको भू–भागमा पनि भण्डारणको सम्भावना हुन सक्ने आशा दैलेखका नागरिकहरुले गरेका छन् ।
नेपालका बिभिन्न भू–भागहरुमा सयौं बर्ष पहिले समुन्द्रकै रुपमा खोलानालाहरु वगेको र अहिलेपनि त्यस्ता वशेषहरु भेटिएकोले तत्कालिन समयमा समुन्द्र बनेर बगेका स्थानहरु मध्येकै एक स्थान दैलेख पनि हुन सक्ने र दैलेखमा देखिएका पानी मुनिका भुल्का, बलेका ग्याँसका आधारमा दैलेखकै कुनै भू–भागमा ग्याँस वा पेट्रोलियम पदार्थ हुन सक्ने आशा गर्ने धेरै आधारहरु रहेका छन् ।
दैलेखका हजारौं स्थानहरुमा जमिन मुनिबाट छिद्रका रुपमा पानी भित्र फोकाहरु भुलभुल गरेर आएको देखिन्छ । कतिपय स्थानहरुमा ग्याँस नै बलेको अवस्थामा देखिएको छ । कतिपय धुलोको रुपमा हावा आउने स्थानहरु पनि छन् । यसको बिश्लेषण गर्ने हो भने पनि दैलेखको कुनै भू–भागमा भण्डारण हुन सक्ने बिज्ञहरुको भनाई छ ।
अन्वेषण कार्यको औपचारिक सुरुवात तत्कालिन उद्योग मन्त्री मात्रीका यादवले दैलेखको नाभिस्थानबाट सुरु गरेका थिए । दैलेखको पूर्व पश्चिम र उत्तर दक्षिणका बिभिन्न भू–भागहरुमा करिव २०० किलोमिटर क्षेत्र समेटेर १० स्थानहरुमा सुरु गरिएको सेस्मिक सर्वेका ७ वटा स्थानको काम सम्पन्न भैसकेको छ । करिव ४५ फिट मुनिसम्म खनिएको होलमा विस्फोटक पदार्थ राखेर कृतिम भूकम्पिय तरंग उत्पन्न गरिएको र सो बाट प्राप्त भएको सवै सूचना संकलन गर्ने कार्य सेस्मिक मिटरमा भैसकेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा.गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् ।
सेस्मिक सर्वे सकिएपछि यसको अध्ययनका लागि तीन महिनाको समय लाग्ने छ तीन महिना पछि धेरै संभावना भएको मुख्य भण्डारणको क्षेत्रमा पुनः करिव ४ किलोमिटर जमिन मुनिको भू–भागमा मुख्य ड्रिलिङ्ग गरिने र त्यसपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुरा पत्ता लाग्ने डा. त्रिपाठीको भनाई छ ।
एउटा लाइनमा ४०० बर्गकिमी भूभाग समेटेर सर्भेको काम भैरहेको छ । दैलेखको पश्चिम भू–भागमा गरिएको सेस्मिक सर्वेका लागि दुल्लू नगरपालिकामा क्याम निर्माण गरेर विज्ञहरुको समूह बसेको छ ।
संमृद्ध मुलुक निर्माणमा
प्रधानमन्त्री के.पि. शर्मा ओलिले चालेको यो कदको दैलेखी जनता र जनप्रतिनिधिहरुले स्वागत गरेको प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले जानकारी दिएका छन् ।
अन्वेषणको प्रक्रिया सुरु हुँदै गर्दा चिनियाँ प्राबिधिक टोलीले संकलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएकोले दैलेखको भू–भागमा ग्याँस र पेट्रोलियम पदार्थ दुवै हुन सक्ने सम्भावना बढ्दै गएको हो । अन्वेषण कार्य सफल भए बर्तमान सरकारले सुरु गरेको सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा हुने आशा गरिएको छ ।
स्थानीय बासिन्दाहरुले अन्वेषणका लागि गर्नुपर्ने सहयोग निकै सकारात्मक भएको बताईएको छ । केही स्थानहरुमा भएका सामान्य समस्याहरुका बारेमा स्थानीय बासिन्दाहरुले सचेत भएर काममा सहयोग गर्नका लागि परियोजनाले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार