
व्यक्तिको लगनशिलता, उर्जासिलता, व्यवसायिक दक्षता र क्षमता सवै कुराले सफलताको बाटो तय गरेको हुन्छ । एउटा व्यक्ति वा संस्था सफल हुनका लागि आलोचकहरुको भूमिका पनि निकै महत्वपूर्ण हुन्छ । दैलेखको पत्रकारिताको समग्र इतिहास बोकेको धमाका दैनिक आज १४ वर्षमा प्रवेश गरेको छ ।
मानव जीवन पृथ्वीमा रहेका सचेत प्रर्णाली मध्ये सर्वोत्कृष्ट प्राणी हो । हजारौं जीव र जीवात्मा मध्ये मानव यस्तो प्राणी हो जसले आँटेको कुरा पूरा गर्न सक्छ सत्य, निर्भिक आत्मबिश्वासलाई कहिल्यै हार्न नदिएर सदा एउटै बिषयमा लाग्नु नै सफलताको मुख्य कडी हुन सक्दछ । एउटा व्यक्ति वा संस्था लक्ष्यमा पुग्नका लागि पारिवारिक सहयोग, साथिभाई सँगै समाजले प्रदान गर्ने सकारात्मक र सचनात्मक सहयोग सद्भाव यस्ता धेरै कुराहरुले व्यक्तिको प्रगती पथलाई सहयोग पु¥याएको देखिन्छ ।
मानव जीवन प्राप्त पछि ऊ सँग असिमित इच्छा र आकांक्षाहरु हुन्छन् तर सवै कुरा पूरा गर्नका लागि बालापनदेखि बृद्ध अवस्था सम्म पनि मानिसले संघर्ष गरिरहेको हुन्छ । कतिपय कुरामा सफल हुन्छ कतिपय कुरा सफलता नजिक पुगेर पनि प्राप्त गर्न सकिदैन कतिपय कुरा बाध्यताका कारण पनि संचालनमा ल्याउनुपर्ने हुन्छ । कतिपय कुराहरु व्यक्तिको आत्मसन्तुष्टिभित्र पनि जोडिएका हुन्छन् । समय र सन्र्दभअनुसार प्राप्त गरेको योग्यता र क्षमता भन्दा फरक धार समातेर पनि जीवनको गोरेटोलाई अघि बढाउनुपर्छ ।
यस्तै एउटा नयाँ गोरेटोको रुपमा अघि बढेको दैलेखको धमाका साप्ताहिक पत्रिका २०६३ सालमा आधिकारीक रुपमा दर्ता भयो । यस अघि पनि दैलेखमा संचार माध्यमको विकास नभएको हैन तर छापा माध्यमको आधिकारीक दर्ता नं. १ बनेको तत्कालिन साप्ताहिक हुँदै दैनिक यात्रामा प्रवेश गरेको धमाका राष्ट्रिय दैनिक पत्रिकाले आफ्नो प्रकाशनको आरम्भ निरन्तर गर्दै १४ वर्ष प्रवेश गरेको छ । दर्ता भएदेखिनै कुनै वर्ष या महिना पत्रिका बन्द हुनु परेन तर बिश्वलाई आतंकित बनाएको कोरोना भाइरस कोभिड १९ का कारण भने हाम्रो प्रकाशन चैत्रमा केही दिन बन्द भए पनि अनलाइन मार्फत जनतालाई सूचना प्रवाह गर्ने काम रोकिएको छैन । कोरोना महामारीबाट बच्न तपाई घरभित्रै बस्नुहोस्, आत्मबल बढाउनुहोस् सरकारको निर्णय पालना गर्नुहोस् शुभकामना । आजदेखि हामी प्रकाशनको निरन्तरता दिने अभियानमा छौं ।
दैलेखमा पछिल्ला वर्षहरुमा व्यवसायिक पत्रकाहरुको संख्या बढेको छ, पत्रिका प्रकाशनको निरन्तरता पनि बढ्दै गएको छ यो सँगै रेडियो संचालन पनि बढेका छन् । समाजलाई सही र सत्य सूचना दिने हाम्रो अभियान अहिलेपनि निरन्तर छ । अँझै दशकौं सम्म रहिरहने छ । पत्रकारिता र पत्रकारहरुमा साना ठूला समस्याहरु अवस्य छन्, यस्ता समस्याहरु सवै क्षेत्रमा हुने गर्दछन् तर मर्यादा र सिमा भित्र रहेकै कारण दैलेखको पहिलो पत्रिका धमाका दैनिक पहिलो पटक ‘क’ वर्गमा पर्न सफल भएको छ । प्रेस काउन्सिल नेपालले हरेक वर्ष वर्गिकरण मापदण्डको सूचना सार्वजनिक गर्ने क्रममा गत वर्ष धमाका दैनिक स्थानीय ‘क’ वर्गमा पर्न सफल भयो हाम्रो लक्ष्य यतिमात्र हैन क्षेत्रीय ‘क’ हुँदै राष्ट्रिय ‘क’ वर्ग सम्मका लागि हामी प्रयास गर्ने छौं ।
कठिन यात्रा भित्रको गौरवमय गाथा बनेको यो पत्रिका सुरु गर्दा जुन उद्देश्य बोकेर संचालन गरिएको हो सोही उद्देश्यमा अहिलेपनि अडिक रहेको जानकारी गराउँदछौं । मुलुकमा संघीयता आएको छ । तर संचार क्षेत्रबाट हेर्ने हो भने अँझै संघीयता आएको छैन् । अहिले पनि खरिद ऐन २०६४ लाई आधार मानेर विज्ञापन लगायतका सूचनाहरु प्रकाशन गर्ने परिपाटीको अन्त्य भएको छैन् । सिमित बजारमा आफै निकट प्रतिश्पर्धीहरु सँग गर्नुपर्ने प्रतिश्पर्धा यस्ता धेरै समस्याहरु समाधानका लागि सरकारले समानुपातिक विज्ञापन पर्णालीलाई कडाईका साथ लागू गरेर मोफसलबाट प्रकाशन भएका संचार माध्यामहरुको सुरक्षा गर्नुपर्ने देखिन्छ ।
२०६३ असार २ गते त्रिभुवन उच्च माविको कुनामा बसेर पत्रिका दर्ताको लागि निर्णय गर्ने मेरा संस्थापक प्रकाशक नमन शाही, संस्थापक कार्यकारी सम्पादक घनश्याम भण्डारी, पुस्कर थापा, यज्ञराज थापा, जनक न्यौपाने लगायत सम्पादकको जिम्मेवारी पाएको म आफैले सुरु गरेको यो अभियान अहिले १४ वर्षमा पुगेको छ । हामीलाई यो अभियानमा निरन्तर साथ दिने बिभिन्न साथिहरु, पाठक वर्ग, शुभ चिन्तक, विज्ञापनदाता सबैलाई नयाँ वर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौं । तपाँइहरुको साथ र सहयोग निरन्तर रहिरहनेमा हामी आशावादी छौं ।









