कोरोना संक्रममण रोक्न स्वास्थ्यमन्त्रीका ६ “टी” रणनीति

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण (कोभिड –१९) को रोकथाम र नियन्त्रणका लागि छ वटा रणनीति सार्वजनिक गरेका छन् ।
जसमा ट्राभल रेष्ट्रिक्शन, टेष्टिङ, टे«सिङ ट्र्या्किङ, ट्रिटमेन्ट र टुगेदर रणनीति रहेका छन् ।
पहिलो रणनीतिमा ट्राभल रेष्ट्रिक्शन रहेको छ । उक्त रणनीतिका अनुसार यसका लागि आवतजावत बन्द गर्ने नै हो । यसका लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् । चैत ११ गतेदेखि गरिएको लकडाउन एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण नसरोस् भन्नाका लागि यो उपाय महत्वपूर्ण छ ।
लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई सङ्क्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ । जनताले यसलाई कार्यान्वय गरिदिएकोमा मन्त्रीले धन्यवाद दिएका छन् ।
दोस्रो टेष्टिङ रणनीति हो । यसअन्तर्गत स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको नमूना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिको पनि आवश्यकताअनुसार नमूना परीक्षण गर्ने नीति लिइएको छ ।
कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा आधारमा आफूहरुले कार्यविधि बनाई व्यवस्थित गरेको मन्त्री ढकालले बताए ।
परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरैभन्दा धेरै व्यक्तिलाई सो दायरामा ल्याई परीक्षण गर्ने काम मन्त्रालयले थालेको छ ।
तेस्रो रणनीतिमा टे«सिङ रहेको छ । टे«सिङमा संक्रमित व्यक्तिका परिवार नजीकका व्यक्तिहरु जोसँग ती संक्रमित नजीकको सम्पर्कमा आएका व्यक्तिलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । मन्त्री ढकालले धेरैजसो संक्रमितहरुको टे«सिङ कार्य पूरा गरिसकेका भन्दै नयाँ पहिचान भएका संक्रमितको टे«सिङ कार्य भइरहेको बताएका छन ।
चौथो रणनीति ट्र्या्किङ हो । यसमा सम्भावित सङ्क्रमित र सङ्क्रमित व्यक्तिको एक ठाउँबाट अर्को ठाउँमा आवतजावत भएमा सो कुराको यकिन गरी उनीहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्र्या्किङ कार्य हो । उनका अनुसार यसका लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेबसाइटमार्फत ट्र्या्किङ कार्यलाई थप व्यवस्थित गरिएको छ । यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे÷ नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । मन्त्री ढकालले यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको तथा स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु तथा सुरक्षाकर्मीहरु खटिएको बताएका छन् ।
पाँचाँै रणनीतिमा ट्रिटमेन्टलाई लिएका छन् । यसअनुसार सङ्क्रमित १४ जनाको उपचार भइरहेको छ । उनले सम्भावित सङ्क्रमणको सङ्ख्या आङ्कलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन मन्त्रालयले आफ्नो रणनीति तय गरेको जानकारी दिएका छन् ।
कोरोना सङ्क्रमणको उपचारका लागि काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न अस्पताललाई तोकिएको भन्दै कोरोना सङ्क्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निःशुल्क गर्ने प्रबन्ध गरिएको बताए । कोरोना सङ्क्रमणबाहेकका आकस्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामी थप समस्यामा नपरून् र उनीहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर रहेको ढकालले बताए ।
मन्त्री ढकालले कोभिड –१९ को रोकथाम र नियन्त्रण गर्न अन्तिम रणनीतिका रुपमा टुगेदरलाई लिएका छन् । कोरोना सङ्क्रमणको यो सम्भावित महामारी रोक्न मन्त्रालय मात्र होइन, सिङ्गो देश नै लागिपरेको उनले बताए । उनका अनुसार कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति, जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ । उनले कोभिड–१९ को थप सङ्क्रमणबाट मुलुकलाई मुक्त राख्न सबैको सहकार्यले सफलता प्राप्त हुने बताए । सङ्क्रमणको विकासक्रमसँगै यसलाई रोकथाम र नियन्त्रण गर्न आफूले पनि रणनीतिलाई थप परिष्कृत र परिमार्जित गरिरहेको जानकारी दिए ।
नेपालले देशमा भएका साधन स्रोतको अधिकतम उपयोग गरेको बताउँदै मन्त्री ढकालले चुनौतीको सामना सबै एकजुट भई काम गरेरमात्र सम्भव हुने बताएका छन् ।
देशलाई महामारीबाट बचाऊँ, बाँकी बहस पछि गरौँला । महामारीको यो लडाइँमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौँ ।
कोरोना सङ्क्रमणविरुद्धको लडाइँमा अग्रमोर्चामा नेतृत्व गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति गराउनु राज्यको पहिलो प्राथमिकता रहेकाले चिकित्सक र स्वास्थ्यकर्मीका बारेमा अत्यन्त सचेत रहेको बताएका छन् ।
नागरिकले आफ्नो पूरै जीवनकालमा देशलाई गर्ने योगदान भनेको अहिले घरभित्र क्वारेन्टाइनमा रहेर सहयोग गर्नु भएकाले यसलाई पालना गर्न आग्रह गरेका छन् ।
“तपाईं हाम्रो यो सहयोगले सिङ्गो देशलाई कोरोना सङ्क्रमणको महामारीबाट बचाउन मद्दत पुग्छ । आजको परिस्थिति मानव जातिको रक्षाका लागि योगदान गर्ने अवस्था हो, यस्तो कठिन एवं असाधारण परिस्थितिमा राज्यले अवलम्बन गरेको लकडाउन र अन्य व्यवस्थालाई आत्मसात् गरी तपाईंहरुले गर्नुभएको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दछु ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार