
दैलेखको डुगेश्वर गाउँपालिकाले दैनिक मजदुरी गर्ने ९ सय ६१ जना पालिकामा रहेको भन्दै सवैलाई राहत सामग्री बितरण गरेको छ । ६ वटा वडा रहेको पालिकाले वडागत रुपमा संकलन गरेको बिवरणका आधारमा राहत बाँडेको हो ।
पालिकामा रहेका ९ सय ६१ जनालाई २२ लाख २४ हजार ८ सय ५६ रुपैया बरावरको राहत बितरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ललित थापाले जानकारी दिएका छन् ।
राहत सामग्रीमा चामल, दाल, नुन, तेल, सावुन, चिनि समेत सचेतनामुलक गतिविधिहरु संचालन गरिएको र सवै वडामा निर्वाचित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई खटाईएको गाउँपालिकाका अध्यक्ष नगेन्द्र मल्लले जानकारी दिएका छन् । अँझै कतिपय वडाहरुमा राहत पाउनुपर्ने व्यक्तिहरु छुटेका कारण पालिका स्तरको सर्वपक्षिय बैठक बसेर सल्लाह अनुसार काम अगाडी बढाएको मल्लको भनाई छ ।
श्याम रानाद्धारा राहत कोषमा १० हजार जम्मा

दैलेखको डुङ्गेश्वर गाउँपालिका अन्तर्रगत नेकपा डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष श्याम रानाले गाउँपालिकाको बिपत कोषमा १० हजार रकम जम्मा गरेका छन् । कोरोना संक्रमणले जनताहरुमा समस्या भएको भन्दै आफुले आफ्नो क्षमताले भ्याएको रकम गाउँपालिकाको बिपत कोषमा जम्मा गरेको रानाले बताए । गाउँपालिका अध्यक्ष नगेन्द्र मल्ललाई दश हजारको चेक प्रदान गरेका छन् । गाउँ पालिकाले खडा गरेको कोषमा वडा नं. ४ का वडा अध्यक्ष खगेन्द्र थापाले ५ हजार, बम बहादुर बि.सी.ले १० हजार जम्मा गरेको जानकारी गाउँपालिकाले दिएको छ ।
बिपत कोषमा १० हजार रकम जम्मा गरेका छन् । कोरोना संक्रमणले जनताहरुमा समस्या भएको भन्दै आफुले आफ्नो क्षमताले भ्याएको रकम गाउँपालिकाको बिपत कोषमा जम्मा गरेको रानाले बताए । गाउँपालिका अध्यक्ष नगेन्द्र मल्ललाई दश हजारको चेक प्रदान गरेका छन् ।
गाउँ पालिकाले खडा गरेको कोषमा वडा नं. ४ का वडा अध्यक्ष खगेन्द्र थापाले ५ हजार, बम बहादुर बि.सी.ले १० हजार जम्मा गरेको जानकारी गाउँपालिकाले दिएको छ









