नेपालमा संक्रमणको जोखिम नबढ्नुमा सरकारको पूर्वतयारी नै महत्वपूर्ण कार्य

अर्थएवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालमा कोरोना संक्रमणको जोखिम नबढ्नुको पहिलो कारण सरकारको पूर्वतयारी प्रभावकारी भएको बताएका छन् ।
एबीसी टेलिभिजनको कार्यक्रम आउटलुक विशेषमा पत्रकार शुभशंकर कँडेलसँग कुरा गर्दै मन्त्री खतिवडाले सरकारले बेलैमा पुर्व तयारी गरेका कारण कोरोना संक्रमणको जोखिम बढ्न नपाएको र जनताहरुले पनि साथ दिएका कारण सरकारलाई सजिलो भएको बताए ।
आगामी दिनमा कोरोना संक्रमणको चुनौतीलाई थेग्न सक्ने सामथ्र्य पनि सरकारले बनाइरहेको मन्त्री खतिवडाले बताएका छन् ।


मुलुकमा ३० हजार बढी वेड संख्याको क्वारेन्टाइन बनाइएको र ¥यापिड टेस्ट एवं पिसिआर परीक्षणमार्फत धेरै ठाउँबाट कोरोना परीक्षण शुरु भएकोले संभावित खतराहरु छिट्टै पहिचान हुने र सरकारले सुरक्षा रणनीति अवलम्बन गर्न सजिलो हुने बताए ।
२ वटा वाइडबडी जहाजमा स्वास्थ्य सामग्री नेपाल भित्रिइसकेको र तातोपानी नाकाबाट १० हजार सेट पिपिई पनि उपलब्ध गराईएको छ । टेष्ट किटको केही अभाव भएकाले अत्यावश्यक भएकालाई विशेष गरी परीक्षण गरेको खतिवडाको भनाई छ ।
कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रकरण अपारदर्शी भएको भन्ने प्रश्न उठेकाले त्यसको छानविन सम्बन्धित निकायले गर्ने भएकोले अहिले अर्नगल प्रचार गर्नुको आवश्यकता नरहेको पनि उनले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार