
असारमा पानी परेर बाटाघाटा बिग्रनुलाई त्यति अस्वाभाविक मानिँदैन तर वैशाखमै परेको पानीले सदरमुकामको पिच भत्किएपछि स्थानीयहरुले सामाजिक सञ्जालमा नगरपालिकाको कामको शैली प्रति विरोध जनाएका छन् ।
नारायण नगरपालिका दैलेखका नगरपालिका मध्ये सबैभन्दा जेठो नगरपालिका हो । सदरमुकाम दैलेख बजारको सडक निर्माणमा हरेक वर्ष लाखौँ रकम खर्च गरिएको भए पनि योजना निर्माण गर्दा प्राविधिकले निर्माण गर्ने इस्टिमेट, निर्माणको जिम्मा लिएका कम्पनी र निर्माण सम्पन्न भनेर पास गर्ने प्राविधिकहरूको मिलोमत्तोका कारण विकासमा यस्तो समस्या हुने गरेको स्थानीयको आरोप छ ।
सडक हिँड्ने यात्रुहरुले समेत सडकमा भएको लापरबाहीको कारण विरोध गर्ने गर्दछन् तर दिगो रूपमा दैलेखको सडक बिस्तारको काम भने अहिलेपनि हुन सकेको छैन । यसको मुख्य समस्या खानेपानी हो सडक निर्माण भए पनि खानेपानीको पाइप बिग्रेपछि पुनः सडक भत्काउनुपर्ने बाध्यताले पनि नगरपालिकाले सँधैभरी सडकको नाममा दोष खेप्नुपर्ने अवस्था कायमै छ ।
यस्तो छ फेसबुक प्रतिक्रिया …











