दैलेखको महावुमा ५ महिने बालिका सहित १ सय ७ जनामा कोरोना संक्रमण

  • विद्यालय भरिएपछि खुल्ला चौरमा क्वारेन्टाइन बनाउँदै महाबु

  • दैलेखमा कोरोना संक्रमणको दर एकपछि अर्को बढ्दै गएको छ । दैलेखको महावु गाउँपालिकामा वडा नं. ५ कि ५ महिने बालिक सहित १ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । सोही वडाका ५ महिने अर्का बालक पनि संक्रमित छन् । उनीहरू अभिभावकसँगै भारतबाट आएका हुन् । दैलेखमा विगत तीनदिनमा सयौँको सङ्ख्यामा कोरोना संक्रमितहरु बढ्दै गएका छन् । शनिवार दैलेखको महावुमा ४३ जना नयाँ संक्रमित देखिएका छन् । दैलेखमा शनिवार सम्म ३५२ जनामा संक्रमण पुष्टि भैसकेको स्वास्थ्य कार्यालय दैलेखका कोभिड १९ फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिएका छन् । अहिलेसम्म पुष्टि भएका सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा मात्र देखिएकोले समुदायमा कोरोना फैलिन नपाएको बताइएको छ ।
    सबैभन्दा बढी नारायण नगरपालिका १ सय ९४ जना, महावु गाउँपालिकामा १ सय ८, दुल्लू नगरपालिकामा ३६, नौमूले गाउँपालिकामा ७, डुगेश्वर गाउँपालिकामा ३, गुराँस गाउँपालिकामा २, चामुण्डा बिन्द्रासैनी नगरपालिका १ जना र आठवीस १ जना संक्रमित देखिएका छन् ।
    महावुमा दुई दिनमा १ सय ७ जनामा नयाँ संक्रमित देखिएपछि उपचार र व्यवस्थापनमा निकै चुनौती थपिएको गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले जानकारी दिएका छन् । अहिले आपतकालिन रूपमा २ वटा माविमा संक्रमितहरुलाई बस्ने व्यवस्थापनको तयारीमा छौँ, गाउँमा स्वाथ्यकर्मी अभाव छ, कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती बढेको छ । दैलेखमा भारतबाट आउनेहरुको सङ्ख्या बढेसँगै अधिकांश पालिकाले विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइन भरिभराउ भैसकेका छन् । महाबु गाउँपालिकामा क्वारेन्टाइन बनाउने भवनको अभाव भएको छ । पालिकाका सबै विद्यालयलाई क्वारेन्टाइन निर्माण गरी राख्दा पनि भारतबाट आएका नागरिकलाई अटाउन नसकेपछि खुल्लाचौरमा प्लास्टिकको पाल टाँगेर निर्माण गर्न बाध्य भएको महाबु गाउँपालिका अध्यक्ष जङ्ग बहादुर शाहीले बताए । पालिकामा मात्रै करिब २ हजार बढी मानिसहरू आएका छन् । आउने क्रम जारी नै छ ।
    सुरुवातमा एक सय ५० क्वारेन्टाइन मापदण्ड अनुसार निर्माण गरिएको भए पनि विगत एक सातादेखि दैनिक दुई सय देखि तीन सयको हाराहारीमा मानिस महावु आएका छन् ।
    क्वारेन्टाइन भरिएपछि अहिले महावु गाउँपालिकाको गैडाबाज नजिक खुल्ला चौरमा व्यवस्थापन गरेको र त्रिपालमै बसाल्ने तयारी गरेको बताए ।


    प्रदेश सरकारले १५ लाख रकम पठाएको हो । गाउँपालिकाको ५० लाख बिपत कोषको रकम समेत सकिएको छ । दैनिक खाना खुवाउन, स्वयंसेवक खर्च, उद्धारका लागि गाडी भाडा, भाडा तिर्न नसकेकालाई तिर्दा, औषधि खरिद, दैनिक खाना खुवाउँदा लाखौँ लाखको चामललगायतका सामग्रीमा काम गर्दा खर्च भइसक्यो, धेरै स्थानमा उधारो राखेर काम गर्नुपरेको छ ।
    रातदिन नभनेर ६० जना स्वास्थ्यकर्मी, प्रहरी, गाउँपालिका भरि पुरै खटिएका छन् अव स्वास्थ्यकर्मीको अभाव हुने देखिएको गाउँपालिकाले जानकारी दिएको छ ।
    प्रदेश सरकारप्रति आक्रोशित हुँदै अध्यक्ष शाहीले भारतबाट भित्रिएका नागरिकलाई छिटो भन्दा छिटो आर.डी.टि. र पिसिआर परीक्षण दायरालाई नबढाए महावु गाउँपालिका ठुलो जोखिममा पर्न सक्ने र प्रदेश सरकारले नाकामा जाँच नगरेरै पठाएका कारण कोरोना गाउँसम्म आएको गुनासो गरेका छन् ।
    पालिकाका बासिन्दालाई विभिन्न नाकाबाट ल्याउनका लागि दश वटा जिप प्रयोग गरिएको छ । जिपको अगाडी पछाडि कोचाकोच गरेर आउनुभएको छ । यसले पनि संक्रमणको जोखिम बढेको छ । जाँच गर्ने स्रोत र साधन अभाव छ , प्रदेश सरकारले खाए खा नखाए घिच भनेझैँ गरेर मानिस बिना जाँच पालिकामा भित्रिए त्यसैले जोखिम सहित व्यवस्थापनमा पनि चुनौती भएको उपाध्यक्ष प्रेमकुमारी बुढाले बताएकी छन् ।
    पालिकाभरी ३० प्रतिशत मात्र खान पुग्ने समुदाय
    गाउँपालिकामा रहेको कुल जनसङ्ख्या मध्ये ३० प्रतिशतले मात्र उत्पादन गरेको खाद्यन्नले वर्षभरि खान पुग्ने र बाँकी ७० प्रतिशत जनसङ्ख्या १२ है महिना खान नपुग्ने भएपछि कामको खोजीमा भारत जाने अनिवार्य भएकोले अहिलेको बिपतमा सबै जना घर फर्कन थालेपछि पालिकामा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार