उत्कृष्ट ५४ किसानहरुलाई पुरस्कार

 

पशु अस्पताल तथा पशुसेवा कार्यालय दैलेखले जिल्लाभर बिभिन्न क्षेत्रमा काम गरेका उत्कृष्ट ५४ जना किसाहरुलाई सम्मान गरेको छ । मुख्य मन्त्री कृषक प्रोत्साहन अन्र्तगत २४ जना, किसान प्रोत्साहन कार्यक्रम तर्फ ३० जना गरेर ५४ जनालाई सम्मान गरिएको हो । दैलेखका बिभिन्न ११ वटै स्थानीय तहबाट बिद्यागत रुपमा भैसीपालन, कुखुरा पालन, बाख्रा पालनमा सक्रिय भएका र व्यवसायिक रुपमा किसानहरु बन्न लागेको कृषकहरुको आत्मबल अँझै बढाउने उद्देश्यले पुरस्कार र सम्मान कार्यक्रम गरिएको कार्यालय प्रमुख भिबहादुर बिष्टले जानकारी दिएका छन् । सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले किसानहरुको आत्मबल बढाउन र युवाहरुलाई गाउँमै रोक्नलाई यस्ता कार्यक्रमहरुले निकै सहयोग गर्ने भएकोले पछिल्ला दिनहरुमा कर्णाली प्रदेश सरकारले पशु अस्पताल तथा पशुसेवा कार्यलय मार्फत प्रभावकारी कार्यक्रमहरु गाउँ गाउँमा पु¥याएकोमा धन्यवाद दिएका छन् ।
हरेक किसानहरुको उत्पादनलाई बजारसँग समन्वय गर्ने उद्धेश्यले कार्यक्रम तय गरिएको र सोही अनुसार लागु गरिएको प्रशासन प्रमुख उदय खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार