दैलेखको जंगलमा पनि पाटेबाघ भेटियो संरक्षणमा चासो दिन सरकारलाई आग्रह

 

दैलेखको टाँठीकाँध जंगलमा पाटेबाघ फेला परेको छ । पालिकाबाट दैलेख सदरमुकाम दैलेख बजार आउँदै गर्दा राति ७ः३० बजे पाटे बाघ भेटिएको हो ।
धमाका दैनिकका सम्पादक एवं नेपाल टेलिभिजन र नयाँ पत्रिकाका जिल्ला संवाददाता बिष्णु शर्मा, राष्ट्रिय समाचार समिति दैलेखका नविन रिजाल, थाहा खवर दैनिकका उदय अधिकारी, अनलाइन कर्णालीका सम्पादक तीर्थ भण्डारी लगायतको टोलिले उक्त बाघ देखेको हो । पत्रकार चढेको जीप भन्दा करिव ८ मिटर दुरीमा देखिएको उक्त बाघ करिव १ मिनेट सम्म सडकै उभिएको र पछि सडकको माथिल्लो भागमा उफे्रर गएको थियो ।
करिव २० केजी सम्म तौल भएको उक्त बाघ कुन स्थानबाट आयो भन्ने बारेमा जानकारी नभएको भएपनि टाँठीकाँध जंगलमा बेला बेलामा बाघ देखिरहने भएकोले बसोवासनै ठाँटीकाँध जंगलमा हुन सक्ने ठाँटीकाँध गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिएकी छन् ।
देशका बिभिन्न जिल्लाहरुमा बाघ संरक्षण अभियान संचालन गरिएको भएपनि दैलेखका बिभिन्न जंगलहरुमा पाईने बाघ संरक्षणका लागि भने कसैले पनि ध्यान दिएका छैनन् । जिल्लाका अन्य स्थानहरुमा पनि बाघ देखिएकाले संरक्षणका लागि सरकारले दैलेखमा पनि बिशेष अभियान थाल्नुपर्ने पत्रकारहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार