भैरवी समृद्धितर्फ लागिसकेको छ बिरोध गर्नुभन्दा प्रगती हेर्न स्थलगत अध्ययन गर्न आउनुहोस्


असोज ३०, दैलेख
स्थानीय सरकारले तीन वर्ष ६ महिना बिताइसकेका छन् , अव १ वर्ष ६ महिना मात्र बाँकी रहँदा चुनावी सरगर्मी बढ्ने तयारी एकातिर छ भने अर्कोतर्फ स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रगती देखाउनुपर्ने चुनौती पनि कायमै रहेको छ ।
आजको बहसमा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले गरेको यो जिकिर कति सम्म सान्र्दभिक छ । त्यो भोलिका दिनहरुमा देखिनेनै छ ।
दैलेखको दुर्गम भैरवी गाउँपालिका जहाँ सुरुवातमा चुहिने भवनमा कार्यालय संचालनमा थियो, बत्ती आउला भनेर स्थानीयले कल्पना गर्न नसक्ने अवस्थामा थिए, गाउँपालिका हुँदै कालिकोट जुम्ला जाने छोटो सडक जोडिएला भनेर कल्पना गरेका थिएनन् अहिले सवै कुरा संभावना नजिक पुगिसकेका छन् । आउनुहोस भैरवी संमृद्धितर्फ लम्किसकेको छ बिरोध हैन स्थलगत अध्ययन गर्नुहोस हामिलाई सुझाव दिनुहोस हामी मान्न तयार छांै बिरोधका नाममा बिरोध हैन् । यस्तै बिषयमा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा सँग धमाका दैनिकका सम्पादक बिष्णु शर्माले गरेको कुराकानीका केही अंशहरु धमाका राउण्ड टेवलमार्फत आजको अंकमा
तीन वर्ष त विते नि ? अध्यक्ष ज्यू ?
हो तीन वर्ष मात्र हैन अँझै धेरै दिन बितिसके अव कम्तिमा १ वर्ष ६ महिना मात्र बाँकी छ भन्नुपर्ने अवस्था आइसक्यो, हामीले स्थानीय तहको निर्वाचन जितेर आए पछि जनतालाई सेवा दिनका लागि राम्रोसँग बस्ने वासको व्याबस्था थिएन् । भौतिक संरचना पनि पालिकामा बनिसकेका थिएनन्, तपाँईहरुले पहिलो वर्षको सार्वजनिक सुनुवाई चलाउँदा चुहिएको भवन भित्र बसेर चलाएको मलाई याद छ,
अहिले त्यो अवस्था छैन्, अहिले गाउँपालिका भवन निर्माणाधिन अवस्थामा छ । सभाहलको काम सम्पन्न भएको छ ।
केही समय केन्द्रको बिवादमा पालिका अल्झियो, अहिले टुँगोमा पुगेर नयाँ नयाँ पलिकाको विकास रणनीतिहरु तयार भैसकेका छन् । गाउँका जनताले मात्र हैन बिशेष गरेर कालिकोट सँग सिमाना जोडिएको हाम्रो पालिका भएकोले कालिकोट, जुम्ला, दैलेखका बासिन्दाहरुका लागि भन्दै गाउँमै प्राबिधिक शिक्षालयको स्थापना गरेका छौँ । तिन वर्षे वालि विज्ञान र तीन वर्षे पशु विज्ञान सञ्चालनमा छ जो सिटिभिटिबाट मान्यता प्राप्त उक्त विद्यालयमा सस्तोमा गाउँमै आठोपिठो खाएर विद्यार्थीहरु अध्ययन गर्न पाएका छन् ।
जनताको स्वास्थ्य अवस्थालाई ध्यान दिदै छ वटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेका छौँ । जुन वडामा स्वास्थ्य चौकी छैन ति वडाहरुमा जनतालाई स्वास्थ्य सेवा लिन सजिलो भएको छ ।
हाम्रो पालिका दुर्गम पालिका हो सडक यो पालिकाको निकै आवश्यक बिषय थियो, सडक नहुँदा स्टेचरमा घण्टौंसम्म सुत्केरी व्यथा लागेका महिलाहरुलाई बोक्नुपर्ने, कतिपयको बाटैमा ज्यान गुमाउनुपर्ने समस्या थियो, अहिले पालिकामा एम्बुलेन्स छ, अधिकाँस स्थानमा सडक पुगेको छ । अतिआवश्यक बिरामीहरुले सहजै सेवा पाएका छन् । १५ वेडको अस्पतालको पनि नीर्माण गरेका छौँ । पाँच वेडको कोरोना अस्पतालका लागि अहिले कर्मचारी माग गरी सकेका छौँ ।
कृर्षी तर्फ दुई वटा दुग्ध संकलन केन्द्र कुसापानिमा स्थापना गरेका छौँ । किसानहरुले दुध संकलन गर्ने गरेका छन् । दुधबाट बनेका बिभिन्न परीकारहरु किसानले बिक्रि गरेका छन्, आम्दानी सुरु गरेका छन्, प्रदेश सरकारसँग सहकार्य गरेर सुरु गरिएको यो कार्यबाट अहिले एक सय बढी किसानहरुले गाउँमै रोजगारी पाएका छन्, विदेश नजाने निर्णय गरेका छन् ।
तपाई राम्रो काम भयो भन्नुहुन्छ, बिरोध गर्नेहरु पनि उत्तिकै छन् नि ?
बहुदलिय राजनीतिक व्यावस्थामा बिरोध भैरहन्छ, यसलाई स्वभाविक मान्नुपर्दछ तर यो पालिकाले धेरै राम्रो काम गरिसक्यो अव अर्को चोटी हामि झन समाप्त हुन्छौं भन्दै गलत नियतले बिरोध गर्ने शैली अहिले नेपालभर धेरै चलेको छ । बिभिन्न राजनितिक दलहरुको अस्तित्व हुन्छ । एउटा दलले निर्वाचन जित्यो भने अर्को दलले अनेक कीसिमका बिवादहरु खोजेर अनावश्क प्रचार प्रसार गर्ने राजनीतिको अन्तर्राष्ट्रिय मान्यता पनि हो । यसलाई त्यती धेरै नकारात्मक रुपमा लिनुहुँदैन्, बिरोधिहरु भएनन् भने प्रगती पनि हुँदैन, मानिस सुशासन मैत्री हुँदैन तर बिरोधका नाममा बिरोध राम्रो होइन ।
केहि साथिहरुले आफु कसरी अगाडि जाने भन्ने सवालका कारण पनि कहिले काँही हाम्रो पालिकामा नियोजित विरोध भएको पनि देखिएको छ । सबै मिलेर गाउँको विकास गर्ने भएकाले बिवाद भन्दा पनि हामीले विकासमा ध्यान दिनु पर्ने समय हो । हामिले राम्रो प्रयास गरेका छौं, राम्रो गरेका छौं, राम्रो हुँदै भएन भनेर भन्नेहरु एकपटक हाम्रो पालिकामा पुगिदिनुहोला भन्ने आग्रह गर्न चाहन्छु ।
कृषि र पशुपालनमा कसरी काम भएको छ ?
कृषिका क्षेत्रमा पनि राम्रा कामहरु भएका छन् । तरकारी खेति गर्ने, दुधउत्पादन केन्द्र बनाउने काम भएको छ, अलैचि, कीबि खेति, नगदे वालिमा लागेका कृषकहरुलाई प्रोत्सहान गर्दै आएका छौँ । पशुपालन तर्फ पनि काम गरी रहेका छौँ । जो अहिले जागिर छोडेर कृर्षी पशुपालनमा लाग्नु भएको छ उहाहरुलाई गाउँपालिकाबाट बजेटको व्यावस्थापन नभए पनि प्रदेश सँग अनुरोध गरेर ५० लाखको व्यावस्थापन गरेका छौं । अरु कामका लागि पनि योजना बनाई रहेका छौँ ।
तपाईले दुई बर्ष अघि अन्तर्रवार्तामा ः तीन बर्षभित्र पुरै गाउ“मा बत्ती बाल्ने घोषणा गर्नुभएको थियो ? अहिले प्रगती के छ ?
बत्ति बाल्ने लक्ष्य लिए अनुसार, वा भनेकै मितिमा सक्न अलि समस्या देखिएको छ तर ग्रामिण विद्युतिकरण कार्यक्रम कर्णालीमा पहिलो पटक लागू गरेर हामीले काम सुरु गरेकै हौं, भैरीकालीकाथुमका केहि भागमा बत्ति पहिलेनै बलेकोछ । अहिले लाईन बिस्तार हुने क्रम तीब्र छ, भैरवी गाउँपालिका वडा नम्बर ७ सम्म पुगि सकेको छ । यो वर्ष व्याउली सम्म मेन लाईनको काम बिस्तार हुन्छ ।
सबै वडाहरुमा शाखा लाईन तान्ने काम भैरहेको छ । ७८ सालसम्म बत्ति बाल्ने अठोटका साथ अगाडि वढेका छौँ । हामीले मात्र चाहेर भएन सामुदायिक विद्युतिकरण, ठेक्का प्रक्रिया, ठेकेदारको कामको गति, जिल्लाको विद्युत बितरण केन्द्र, नेपाल सरकार सबैसँग अनिवार्य विद्युत कामको लागि बारम्वार पैरवी गरिरहेका छौं ।
खानेपानीको क्षेत्रमा कतिको प्रगती भयो ?
खानेपानिको क्षेत्रमा फिल्डल्याण्ड सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भैरहेको ग्रामीण जलस्रोत परियोजनाले निकै प्रभावकारी काम गरेको छ । परियोजना सँग सहकार्य गरेर सबै वडाहरुमा खाने पनिको काम भैरहेको छ ।
यो वर्ष पनि परियोजनाले ३ करोड भन्दा धेरैको काम खाने पानी तथा कृषिका क्षेत्रमा गर्ने छ । दैलेख जिल्लाका तीन वटा ठुला खाने पानी आयोजना मध्ये मजुवा खाने पानी आयोजना, बडलम्जि खानेपानी आयोजना, भाब्र खानेपानी आयोजना छन् । ति आयो जनाबाट भैरवीका जनताले मात्र नभै दुल्लू र चामुण्डाका जनता पनि हामीले खानेपानीको व्यवस्थापन गरेका छौं ।
स्थानीय सरकार आए पछि शिक्षामा के कति परिवर्तन भयो ?
हाम्रो गाउँपालिका भित्र ४४ वटा विद्यालयहरु छन् । ति मध्ये जिल्ला भरीकै एउटा मुस्लिम मदरासा पनि भैरवीमा छ । ति सबै बिद्यालयमा पठन पाठन राम्रो ढंगले अगाढि बढेको छ । प्रत्येक वर्ष गाउँपालिकाबाट शैक्षिक गुणस्तर बिद्धि अनुदान भनेर १ करोड २० लाख जति शिक्षामा अनुदान जाने गरेको छ । गएको अनुदानको त्यस्को प्रभावकारीता मापन गर्ने काम पनि भैरहेको छ । भैरवीले शिक्षा क्षेत्रमा सबै भन्दा धेरै लगानी गरेको छ ।
अरु बिषयमा का“ग्रेस र नेकपा भनेर झगडा सुनिन्छ तर कर्मचारी नियूक्ति गर्ने बिषयमा भने भागवण्डा मिलिहाल्दो रहेछ हैन ?
त्यस्तो कीसिमको भागवण्डाको बिषय गरिएको हैन् । कुनै एउटा एजेण्डामा छलफल गरेर काम गर्न सकिन्छ की भन्ने कुरा उठ्नु राजनीतिक तहमा त्यती नराम्रो बिषय हैन । कार्यबोझोका आधारमा कर्मचारी राख्नेकी भन्ने बारेमा छलफल चलेको हो साँचो हो तर कर्मचारी आवश्यकताको बिषय कार्यपालिकाबाट छलफल भएर निर्णय नहुँदै, सूचना प्रकाशन नहुँदै कसैले गलत अर्थ लगाएर पालिकाको बदनाम गर्ने काम भएको हो ।
सामान्य छलफल गरेको बिषय वाहिर ल्याउनु साथिहरुको कमजोरी हो । छलफल भएका मान्छेहरु हुन्छन भन्ने पनि होईन, नहुन पनि सक्छन् । उत्त कुराको कार्य पालिकाले फैसला गर्ला भने जस्तो भागवण्डाको आधारमा राख्ने कुनै पनि कुरा हैन् र हुँदैन ।
तपाईले आफ्नो कार्यकाल सकिने वेला यति गरे भन्ने कामहरु के के हुन ?
सबै भन्दा ठूलो काम भनेको सुर्खेत माथिल्लो डुङ्गेश्वर बंैक मालिका दुल्लू डाडिमाडी कुसापानी व्याउँली हुदै कालीकोट जुम्ला मुगु तिब्बत जोड्ने सडक हो । उक्त काम यहि वर्ष सकीने चरणमा छ । अर्को भनेको भैरवी जस्तो बिकट बस्तिमा विद्युतिकरण गर्नु हो त्यो मेरोे कार्यकाल भित्र पूरा हुन्छ । सबै वडाहरुमा बिद्युत पुग्छ । हामी बिद्युतिकरण साझेदारीमा काम गर्ने नेपालको पहिलो स्थानीय तह हौँ । अहिले बिद्युति करणको कामले तिब्र रुप लिई रहेको छ । प्राविधिक शिक्षालयको स्थापना पनि राम्रो काम हो दैलेखका धेरै स्थानीय तहमा त्यो भएको छैन् ।
स्वास्थ्यको क्षेत्रमा पनि उल्लेखीनीय काम गरेका छौं । भैरवीमा कामै भएन भन्ने जो वाहिर आएको छ त्यो सरार गलत हो म के भन्न चाहन्छु, दैलेखका अरु स्थानीय तहको भन्दा राम्रो विकास भएको छ गलत कुराको प्रचार धेरै भएकाले समस्या भएको हो । सुरक्षाका क्षेत्रमा पनि राम्रो काम भएको छ दैलेखको मात्र नभै नेपालको उदारण होला भैरवी जहाँ एउटै पालिकामा दुई वटा प्रहरी चौकी राखिएको छ । हामी बिरोधको प्रवाह गर्दैनौं धमाधम काम गर्छौ कतिपय प्रभावकारी कामहरुको प्रचार प्रसार गर्न नसकेको बिषय सत्य हो । धमाका दैनिक पत्रिकाले यस्ता बिषयहरुको जानकारी गराउने जनतामाझ सत्य कुरा बुझाईदिने जुन जर्मेको गरेको छ । म यो पत्रिकाको उत्तरोत्तर प्रगतीको कामना सँगै शुभकामना दिन चाहान्छु ।
मलाई समय दिनुभएकोमा धमाका दैनिक परिवारलाई धन्यबाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार