सिंहदरबारबाट बाहिर निस्कन नसक्ने अवस्था नआओस् ः रिजाल के.पी ओलीलाई इतिहासले धिक्कारने छ ः बुढा


पुस १४, दैलेख
दैलेखमा नेकपा प्रचण्ड माधव समूहको बृहत् प्रदर्शन भएको छ । संविधान सभा विघटनको विषयलाई लिएर उत्पन्न विवाद अहिले जिल्ला जिल्ला तहसम्म पुगेको छ । दैलेखमा मङ्गलवार गरिएको विरोध प्रदर्शनमा प्रतिनिधि सभा क्षेत्र नं. २ का सदस्य एवं नेकपाका केन्द्रीय सदस्य राजबहादुर बुढाले प्रधानमन्त्री के.पी. शर्मा ओलीको कदमलाई अहिले मात्र नभै इतिहासले समेत धिक्कार्ने बताएका छन् ।
दैलेखमा गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै राजबहादुर बुढाले जनताले २०४६ सालपछिको राजनीति इतिहासमा धेरै पटक लडे, जनतालाई सुख दिने काम गरौँ भनेर दलहरू लागेकै हुन्, त्यसो गर्दा पनि सम्भव भएन, त्यसपछि २०६२ । ०६३ को आन्दोलनको समीक्षा गर्दै मुलुक समृद्धिका लागि राजनीतिक दल विभाजनलाई सजिलै गर्न नहुने र प्रतिनिधि सभा विघटन हुने विषय कसैले चाहेको भरमा वा सनकका भरमा सजिलै गर्न नसकोस् भन्दै संविधानमै बाध्यकारी बाहेकका व्यवस्था खारेज ग¥यौँ त्यही संविधानमा सहिछाप गर्ने के.पी.शर्मा ओली आफै संविधान विघटनमा लाग्नु दुःखको कुरा हो ।
संविधानको आक्रमण गर्नु विडम्बनाको कुरा हो । के.पी. शर्मा ओलिले आक्रमण गरेर संबिधाननै खारेज हुने अवस्थामा पुग्यो भने देश र जनताको अवस्था के होला ? अहिले यही विषयमा हामी सडक आन्दोलनमा लागेका हौ । सरकार गलत बाटोमा जाने हो भने मुलुकको भविष्य अँध्यारो सुरुगं भित्र छिर्ने भएकोले आन्दोलन गर्नु परेको हो ।
हामीले सर्वोच्च अदालतलाई आह्वान गरिरहेका छौँ । यो लडाइँमा न्यायालयले सरकारको रक्षा हैन संविधानको संरक्षण गर्ने छ । देशको स्वतन्त्र न्यायालय संविधान रक्षाका लागि लाग्ने जनताले आशा गरेका छन् ।
सिंहदरबारबाट बाहिर निस्कन नसक्ने अवस्था नआओस् ः रिजाल


नेकपाका केन्द्रीय सदस्य एवं बिदेश विभाग उपप्रमुख विष्णु रिजालले राष्ट्रपति र प्रधानमन्त्रीले लिएको बाटोले उनीहरू सिंहदरवारबाट बाहिर निस्कन नसक्ने अवस्था आउने बताएका छन् । रिजालले भने,
मलाई यो भन्न मन लागेको छैन तर भन्नैपर्छ राष्ट्रपति र प्रधानमन्त्रीले हेक्का राख्नुहोला तपाँईहरु सिंहदरवारबाट बाहिर निस्कन नसक्ने अवस्था नआओस् ।
२०७४ को निर्वाचनमा हामीले जनथलाइ अपिल गरेका थियौँ, नेकपालाई भोट दिनुहोस् हामी स्थायी सरकार दिन्छौँ, हाम्रो सरकार दुई तिहाइको बन्छ राजनीतिक अस्थिरता सकिन्छ, मुलुकमा सुशासन कायम हुन्छ, दिगो विकास हुन्छ तर आज यो कुरालाई पुनः आन्दोलनका लागि जनतामा आउनुपरेकोमा क्षमा माग्दछु ।
पार्टीको एकताबाट निर्वाचित अध्यक्ष र प्रधानमन्त्रीले संविधानमा नभएको कुरा गर्नुहोला, संसद् विघटन गर्नुहोला हामीले कल्पना पनि गरेका थिएनौँ ।
मुलुकको विगतको राजनीति घटनाक्रमलाई हेर्ने हो भने स्पष्ट बहुमत ल्याएका कुनै पनि राजनीति शक्तिले ५ वर्ष चलाएनन् तर अहिले नेकपाले ५ वर्ष पूर्ण कार्यकाल सरकार चलाउँछ भनेका थियौँ त्यो हुन सकेन, स्थायी कमिटी बैठकले पार्टीभित्रको विवाद समाधान गर्ने तयारी गरिरहेकै बेलामा प्रधानमन्त्री के.पी. शर्मा ओलीले एकाएक संसद् विघटन गरेर थालिएको कदमले नेपाल र नेपाली जनताको भविष्य माथि खतरा उत्पन्न गरेको छ ।
नेपाली काँग्रेसका मित्रहरू चुनाव हुन्छ र हामी पुनः राम्रो बहुमत ल्याउँछौँ भनेर भ्रम पाल्नुभएको छ भने नपाल्नुहोला मुलुक नै दुर्घटनामा जान सक्ने सङ्केत देखिएको छ । रिजालले भने जनताले ५ बर्ससम्मका लागि हालेको भोट खेर फाल्ने छैनौ जसरी पनि संसद् पुर्नस्थापन गरेरै छाड्छौँ । जनता सडकमा उर्लिसकेका छन् जसरी पनि संसद् पुर्नस्थापना हुन्छ ।
अहिले पनि प्रधानमन्त्रीले गल्ती स्वीकार गरेर आएमा हामी स्वागत गर्न तयार छौँ हामीले संसदीय दलबाट कारबाही गरेका छौँ, अध्यक्षबाट कारबाही गरेका छौँ, साधारण सदस्य बाँकी राखेका छौँ ।
राष्ट्रपति र प्रधानमन्त्री दुबैलाई प्रचण्डले मत दिएकै कारण सफल भएको भन्दै प्रतिनिधि सभाले संविधान संशोधन गरेर कालापानी र लिम्पियाधुरा नेपालको भू–भागमा ल्याएको हो । त्यही सांसदलाई किन विघटन गरियो तत्काल असंवैधानिक कदम खारेज गर्नुहोस् हामी धेरै आरोप लगाउने पक्षमा छैनौँ । हजारौँ युवाहरूले लडेर बनाएको पार्टी हो हामी कसैको सती जाँदैनौ, विश्व कम्युनिस्टमा पनि विभिन्न व्यक्तिहरूका कारण पार्टी धराशायी भएका छन् । हामी त्यस्तो हरकत गर्ने नेताहरूलाई रामराम मात्र भन्छौँ । हामी अपिल गर्दछौँ हाम्रा राजनीतिक अधिकार खोस्ने प्रयास भएको छ, मौलिक अधिकारहरू खोसिने अवस्थामा छन् त्यसैले जो जहाँ छौँ त्यहीबाट विरोध गरौँ नागरिकमा जागरण पैदा गरौँ निरङ्कुश तन्त्रलाई परास्त गरौँ ।
विरोध सभामा नेताहरूले यस्तो भने
सुशील कुमार थापा प्रदेश सभा सदस्य
मुलुक सङ्कटको घडीमा उभिएको छ , कोभिडले जनता आक्रान्त छन्, जनतालाई सुरक्षा प्रदान गर्दै औषधि खरिद गरेर सुई खरिद गरेर कसरी जनता बचाउने भन्ने ठाउँमा लाग्नुपर्नेमा संसद् विघटन गरेर प्रहरी र सेनाको बंगरमा बसेर संसद् विघटनको हरकत गरेर जनता सडकमा उत्रन बाध्य पारेको भन्दै विरोध जनाएका छन् । जनताको सार्वभौम सम्पन्न प्रतिनिधि सभा जसरी पनि पुनर्स्थापन हुने र नभए अझै आँधी बेहरिका साथ आन्दोलन हुने बताएका छन् । निर्वाचन आयोग र सर्वोच्च अदालते यो विषय जनताको पक्षमा फैसला गर्नेमा आफू आशावादी भएको बताए ।
पार्वती कुमारी बिसुन्के ः
नेपाली जनताले २०६३ को जनआन्दोलन, १९ दिने आन्दोलन, जनयुद्ध लगायतका आन्दोलनबाट मुलुकमा आएको परिवर्तनलाई कसैले आफ्नो सनकको भरमा दुर्घटनातर्फ धकेल्न मिल्दैन
राष्ट्रपति ज्यू तपाईँ नेपालको संविधानबाट राष्ट्रपति हुनुभएको हो । अहिले त्यही संविधानबाट प्राप्त संविधान सभा किन यसरी विघटन गर्नुभयो ?
प्रधानमन्त्रीज्यू जनप्रतिनिधिमूलक संस्थामा आउन छोडेर किन डराउनु भयो, तपाईँ असक्षम भइसक्नु भयो अव न्यायालयले न्याय दिएन भने सडकको यो आन्दोलन रोकिने वाला छैन ।

टेकबहादुर खाण ः
२०३६ सालबाटै दैलेखको सडकमा सङ्घर्ष गर्दै आएका छौँ, धेरैका कपाल फुलिसकेका छन् । विभिन्न निरङ्कुशताका विरुद्धमा गरिँदै आएको आन्दोलनले नै जनताका अधिकार स्थापित भएको तत्थ्य अहिलेपनि कायमै छ । अहिले धानको खेतमा साऊँ जन्मिएको रहेछ, त्यो नेकपा भित्रै जन्मिएको रहेछ अव चिन्ने बेला आएको छ । हामी त्यस्ता धेरै नेकपाका साउँहरूलाई ठेगाना लगाएर छोड्ने छौँ । संविधानको तीनवटा मध्ये एउटा इट्टा भत्किएको छ । अन्य इट्टा भत्काएर जनताको अधिकार खोस्ने तयारी भएको छ यसको विरुद्धमा तयारी रहन आग्रह ।
थिरबहादुर कार्की ः
देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो, संघीयता सुरुवात भयो, अस्थायी सरकारबाट स्थायी सरकार प्राप्त भयो अव जनताले आराम पाए भनेर खुसी भएका बेलामा सत्ताधारी पार्टीकै प्रधानमन्त्रीले पुनः जनताको जनभावना विपरीत कार्य गरेका कारण अहिले पुनः जनता सडकमा आउनुपर्ने अवस्था आयो । पार्टीका कारणले गर्दा प्रतिनिधि सभा विघटन गर्नुपर्थ्यो भनेर हवाला दिने काम भएको त्यो गलत हो ओलीको क्षमता नपुगेको हो । के.पी. ओलीले अहिले प्रचण्डलाई बन साँङ्लोका कारण पार्टी समस्यामा परेको र संसद विघटन गर्नुपर्ने अवस्थामा पुगेको भनेछन् । बन साँङ्लोले त समस्या गर्र्यो अरे माधव नेपाल, झलनाथ खनालसँग आबद्ध नेताहरू त घरसाँङ्लोकै हुन किन हातमा लिन नसकेको हो ? जनतालाई झुक्काउन पाँईदैन् ।
अमर बहादुर थापा ः
नेपाली जनताको संविधान निर्माण गर्ने संविधान सभाको निर्वाचनमा मलाई दैलेखि जनताले विजय गराउनुभयो, नेपालको उन्नति र प्रगतिका लागि, सबैभन्दा उत्कृष्ट संविधान भनेर हामीले निर्माण गर्र्यौं, तत्कालीन समयमा जनताको संविधान बनाउन नदिने प्रपंञ्चहरु पनि रचिएका थिए, हामीले संविधान सभामा आमरण अनसन गर्ने घोषणा गर्यौ नेताहरु त्यतीवेला बाध्य भएर संविधान घोषणा गरेका थिए ।
अहिले संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री के.पी. शर्मा ओलिले जनताको जनभावना विपरीत काम गरेर निरङ्कुश शैली प्रदर्शन गरे ।
हामी रहरले हैन जनताको अधिकार रक्षाका लागि आन्दोलन गरेका हौँ । संसद् पुनर्स्थापना नभए जस्तोसुकै परिणाम भोग्न प्रधानमन्त्री के.पी. शर्मा ओली तयार हुनुपर्ने देखिएको अमर थापाले बताएका छन् । पार्टीले बनाएको प्रधानमन्त्री राजा महेन्द्र र ज्ञानेन्द्र शैलीमा प्रस्तुत हुने तयारीमा छन् जनताले सडकबाटै ठेगाना लगाउँछन् । थापाले भने ।
विरोध सभामा अन्य नेताहरूले सम्बोधन गरेका थिए, कार्यक्रम सञ्चालन नेकपा दैलेखका सचिव प्रेम कटुवालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार