
पुस १७,दैलेख
दैलेखको आठबिस नगरपालिका बडा नम्बर–८ का वडा अध्यक्ष मुक्ति प्रसाद उपाध्याय निर्वाचित हुनुअघि सातओखल नौलो थलो सामुदायिक वन आठबिस नगरपालिका –८ को अध्यक्ष थिए । वन समितिको अध्यक्ष हुँदा उनले अनियमित रुमा चाउरा चिर्ने पुर्जी बाँडे वन विनासमा गोप्य रुपमा सहयोग गरे उतिवेल उनले गरेको फजुल खर्चको अडिट गर्दा बेरुजु निस्कियो उनको नाममा आएका १ लाख ८४ हजार रुपैयाँ बेरुजु रकम अहिलेको समितिले माग्यो । समितिले माग्दा उनले समितिका मानिसहरू मात्र हैन अन्य सबैलाई धम्काउन सुरु गरे ।
बालुवाटार जग्गा खानेलाई कारबाही हुँदैन मैले रकम तिर्नुपर्छ भन्ने के छ तिर्दैन । बेरुजु रकमबारे पत्रकारले जिज्ञासा राख्दा समेत उनले यस्तो प्रतिक्रिया दिएका छन् ।
वन समितिमा कार्यकाल सकिएको ६ वर्ष बढी भइसक्दा समेत अध्यक्षले आफ्नो नामको बेरुजु नतिरेपछि समितिले बेरुजु तिर्ने पटक–पटक पत्राचार ग¥यो । वास्ता भएन उल्टै पत्र काट्ने र सूचना टाँस्नेमाथि अध्यक्षले हातै हाले, बक्सिङ्ग हानेर नीलडाम हुने गरी कुटपिट गरे । वन समितिका कार्यवाहक अध्यक्ष लोकराज कार्कीले गुनासो गरे, बेला–बेला बेरुजु तिर्न सूचना निकालेको भए पनि उनले सूचना टाँसेको स्थानमा गई सूचना च्यातेर उल्टो समितिका पदाधिकारीहरूलाई कुटपिट गर्ने गर्छन् जनताले न्याय पाएका छैनन् । केही समय अघि कुटपिट पछि वन समितिले इलाका प्रहरी कार्यालय राकममा कुटपिट निवेदन दिएको भए पनि अहिले सम्म निवेदन उपर सुनुवाइ भएन इलाका प्रहरी कार्यालय राकममा कुटपिट निवेदन दिए पछि उनलाई प्रहरीले नियन्त्रणमा लियो तर जनप्रतिनिधिलाई थुन्न नमिल्ने भन्दै कुटपिट निवेदनमा कुनै पनि छलफल नगरी वडा अध्यक्षलाई सदरमुकाम पठाइएको कार्कीले बताए ।
६ वर्ष बढी भइसक्दा समेत बेरुजु नतिरेकाले कार्यवाहक अध्यक्ष सहितको टोली अहिले बेरुजु रकम असुल गरीदिन माग गर्दै डिभिजन वन कार्यालय दैलेखसँग निवेदन दर्ता गराएको छ । नेपाली काँग्रेसबाट विजयी भएका उपाध्यायले रकम नदिएको बारेमा काँग्रेस, नेकपा लगायतका पार्टीमा र आठवीस नगरपालिकामा समेत जानकारी गराएको तर कँहीकतैबाट सुनुवाइ नभएको वन समितिको गुनासो छ ।
मनोमानी ढङ्गले डोजर चलाएको आरोप ः
जनप्रतिनिधि भइसकेपछि उपाध्यायले वडाबाट गत आर्थिक वर्षमा ६ लाख बजेट विनियोजन गरी सामुदायिक वनमा मनोमानी ढङ्गले डोजर प्रयोग गरी सडक निर्माण गरेको स्थानीयले आरोप लगाएका छन् । अरुलाई बन काट्न पुर्जी चाहिन्छ तर वडा अध्यक्षले चाहेको बेलामा कुनै पुर्जी लिँदैनन् मनोमानी ढङ्गले बन फाँड्ने गरेका छन् । समितिका सदस्यको आरोप छ ।
सामुदायिक वनको नीति अनुसार कुनैपनि निकायले काम गर्दा जङ्गल मासिने अवस्था आएमा डिभिजन वन कार्यालय, समिति र अन्य निकायसँग समन्वय गर्नु पर्ने भए पनि उपाध्यायले मनोमानी ढङ्गले काम गरेको पाइएको छ ।
उनले २०७७÷७८ को प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको बजेट समेत उक्त सडकमा लगानी गर्न खोज्दा स्थानीयको विरोध पछि उत्त काम रोकिएको स्थानीय कृपाराम उपाध्यायले बताए । उनले विगत ६ वर्ष देखि सामुदायिक वनको नियम विपरीत गई बिना पुर्जी वन विनाश गर्ने गरेको सातओखल नौलोथलो सामुदायिक वनका कोषाध्यक्ष मुक्ति प्रसाद उपाध्यायले आरोप लगाएका छन् ।
ठगीमुद्धामा अदालत जाने तयारीमा डिभिजन वन कार्यालय
डिभिजन वन कार्यालयमा समेत उपभोक्ता समितिले प्रमाणसहित लिखित निवेदन पेस गरेपछि डिभिजन वन कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । पीडितहरूले डिभिजन वन कार्यालय दैलेखमा मुद्दा दर्ता गरिसकेपछि यसको छानबिन हुन्छ । रकम असुलका लागि अदालतमा मुद्दा दर्ता गर्छौँ, ठगीको बोधार्थ अख्त्यिारलाई समेत जानकारी गराउने डिभिजन वनका सहायक वन अधिकृत नरबहादुर क्षत्रीले जानकारी दिएका छन् । पैसा नर्तिने बाहनामा वडा अध्यक्षले वन कार्यालयलाई विभिन्न आरोप लगाएको भन्ने सुन्नमा आएको छ । यस अघिनै रकमको बारेमा जानकारी भएको भए पहिलेनै पहल गर्ने थियौँ अहिले मात्र जानकारी भयो अव छिट्टै रकम असुल गर्ने तर्फ वन कार्यालय लाग्ने क्षत्रीले बताए ।
वडा अध्यक्षको गैर जिम्मेवारी प्रस्तुति
आठवीस नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले अहिलेको समितिलाई रकम नतिर्ने बताएका छन् । अहिलेको समितिमा रहेकाहरूको नियत पनि राम्रो छैन, मैले जनताको घरमा बिद्युत् ल्याउनका लागि १ लाख ८४ हजार खर्च गरेको हुँ, जनताले तिर भनेपछि तिर्छु नत्र तिर्दैन ।
केन्द्र सरकारमा बसेकाले ललिता निवास त खाए उनीहरूलाई केही भएको छैन जाबो एक दुई लाखको कुरा कसैलाई केही हुँदैन, नेकपाले देश कब्जा गर्न हुन्छ मैले त्यति गर्न हुँदैन निर्वाचित जनप्रतिनिधिले नै पत्रकारसँग गैर जिम्मेवारी कुरा गरेका छन् ।










